प्रधानमन्त्री ओली आज स्वदेश फर्कदै



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कदैहुनुहुन्छ । नियमित स्वास्थ्य परीक्षणका लागि गत साउन १८ गते सिंगापुर जानुभएका प्रधानमन्त्री ओली आज अपरान्ह स्वदेश फर्कन लाग्नुभएको हो ।

प्रधानमन्त्री ओली थाइ एअरको नियमित उडानमार्फत आज दिउसो सवा १२ बजे अन्तराष्ट्रिय बिमानस्थलमा अवतरण गर्नुहुनेछ । आइतवार नै प्रधानमन्त्री स्वदेश फर्कने कार्यक्रम तय भएपनि चिकित्सकको आग्रहमा एक बढी समय लागेको थियो । चिकित्सकहरुले प्रधानमन्त्री ओलीको मृगौला पत्यारोपनपछिको समग्र पक्षमा परीक्षण गरेका छन ।

प्रधानमन्त्री ओली गत साउन १८ गते नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर प्रस्थान गर्नुभएको थियो । दैनिक १८ घण्टा भन्दा बढी कामको कारण धपेडी बढनुका साथै नियमित परीक्षणको समयसमेत नाघेपछि चिकित्सकको दवावमा प्रधानमन्त्री ओली सिंगापुर जानुभएको हो । उहाँलाई काममा धेरै धपेडी नगर्न र नियमित परीक्षणको समय नगुजार्नसमेत चिकित्सकले सुझाएका छन ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...