प्रधानमन्त्री ओली आज स्वदेश फर्कदै



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कदैहुनुहुन्छ । नियमित स्वास्थ्य परीक्षणका लागि गत साउन १८ गते सिंगापुर जानुभएका प्रधानमन्त्री ओली आज अपरान्ह स्वदेश फर्कन लाग्नुभएको हो ।

प्रधानमन्त्री ओली थाइ एअरको नियमित उडानमार्फत आज दिउसो सवा १२ बजे अन्तराष्ट्रिय बिमानस्थलमा अवतरण गर्नुहुनेछ । आइतवार नै प्रधानमन्त्री स्वदेश फर्कने कार्यक्रम तय भएपनि चिकित्सकको आग्रहमा एक बढी समय लागेको थियो । चिकित्सकहरुले प्रधानमन्त्री ओलीको मृगौला पत्यारोपनपछिको समग्र पक्षमा परीक्षण गरेका छन ।

प्रधानमन्त्री ओली गत साउन १८ गते नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर प्रस्थान गर्नुभएको थियो । दैनिक १८ घण्टा भन्दा बढी कामको कारण धपेडी बढनुका साथै नियमित परीक्षणको समयसमेत नाघेपछि चिकित्सकको दवावमा प्रधानमन्त्री ओली सिंगापुर जानुभएको हो । उहाँलाई काममा धेरै धपेडी नगर्न र नियमित परीक्षणको समय नगुजार्नसमेत चिकित्सकले सुझाएका छन ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...