हाम्रो छोरा ३ दिनदेखि वेपत्ता छन् सेयर गरेर खोजि कार्यमा सहयोग गरिदिनुहोस् : जेन्सन आमा–बाबु



हाम्रो इकोनोमि

 

काठमान्डौँको बुद्धनगरमा रहेको के.एम.सी स्कुलमा कक्षा ८ मा अध्ययनरत हाम्रा छोरा जेन्सल रावल ३ दिन देखि वेपत्ता भएका छन् । गत शनिबार साढे ८ बजे घरबाट निस्किएका छोरा जेन्सनले वेपत्ता हुनुअघि १८ वर्षका अभिषेक बस्याललाई भेटेको देखिएको छ । सोही आधारमा बस्याललाई प्रक्राउ गरी प्रहरीले अनुसनधान गरिरहेको छ । जेन्सन भक्तपुरको बालकोटमा बस्दै आएका थिए ।

 

काठमान्डौँ प्रहरी परिसर टेकु र अपराध अनुसन्धान व्यूरोले जेन्सनको खोजी गरिरहेको भए पनि पत्ता लाग्न नसकेको अभिभावकले बताएका छन् । अभिभावकले वेपत्ता हुनुअघि सँगै रहेका अभिषेकलाई घटनाबारे थाहा भएको बताएका छन् । तर बस्यालका परिवारले भने अभिषेकलाई छुटाउन दबाब दिइरहेको जेन्सनका अभिभावकले बताएका छन् ।

बानेश्वर प्रहरीका डीएसपी दुर्गाराज रेग्मिले भने प्रहरी बालकको खोजीका लागि गम्भीर भएर लागेको दाबी गर्नुभयो । जेन्सन र अभिषेकले भेटेको देखिए पनि त्यसपछिका प्रमाण नभेटिएको डीएसपी रेग्मिले बताउनुभयो । जेन्सनका परिवारले बालकको खोजीमा सहयोग गरिदिन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
एउटा धक्काको बहानामा अध्यक्ष हटाउनुपर्छ भन्ने ? : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले उपमहासचिव योगेश भट्टराईलाई लक्षित गर्दै चर्को...

एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्नलाई ३ मिनेट

    नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरमा सुरु भएको छ ।  बैठकमा...

त्रिपुरेश्वरमा ऋद्धिसिद्धी यातायातको बसमा आगलागी

    ऋद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा उक्त बसका चालक घाइते भएका छन्...

पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट पास

    नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई...