प्रचण्ड बिरुद्ध ४ अर्बभन्दा बढी भ्रष्टाचारको मुद्धा, महेश बस्नेतको उजुरी अख्तियारबाटै गायव



हाम्रो इकोनोमि

 

पाँच बर्षअघि तत्कालिन युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले तत्कालिन माओवादी शिविरमा भएको भ्रष्टाचारलाई लिएर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताबिरुद्ध उजुरी दिए । उजुरी दिएको पाँच बर्ष बितिसकेको छ तरपनि माओवादी शिविरभित्र भएको भ्रष्टाचारको छानविन अख्तियार दुरुपयोग अनुसन्धान आयोगभित्र गम्भीर निन्द्रामा सुतिरहेको छ ।

 

२०७१ साल असोज ५ गते तत्कालिन युवा संघका अध्यक्ष महेश बस्नेतसहितको टोलीले तत्कालिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता बाबुराम भट्टराई, कृष्णबहादुर महरालगायतका नेताबिरुद्ध भ्रष्टाचारको उजुरी दिएका थिए । २०७३ साल भदौ ३१ देखि उजुरीमाथी छानविन शुरु गरिएको औपचारिक जानकारी अख्तियारले पत्रकार सम्मेलन मार्फत दिएको पनि थियो । अख्तियारले औपचारिकरुपमा छानविन थालेको लगभग तीन बर्ष पुग्न थाल्यो । तरपनि शिविरमाथीको भ्रष्टाचारले कानुनी बाटो पाउन सकेको छैन ।

 

युद्धबाट शान्तिमा रुपान्तरण हुँदै गर्दा तत्कालिन जनमुक्ति सेनालाई शिविरमा राखिएको थियो । शिविरमा रहेका लडाकुलाई सरकारले रासन भत्ता दिने गरेको थियो । त्यही रासनमा ४ अर्बभन्दा बढी भ्रष्टाचार भएको भन्दै युवा संघ नेपालले लिखित उजुरी दिएको थियो । उजुरी दिएको पाँच बर्षसम्म छानविन कहाँ पुग्यो ? युवा संघका केही नेताहरुले अहिले पनि प्रश्न गर्न थालेका छन् ।

 

माओवादी लडाकुको शिविरमा भएको भ्रष्टाचार राजनीतिक दवावमा दविरहेको छ । उजुरी दिने तत्कालिन एमालेको युवा संघ र अभियुक्त पार्टी माओवादी दुवै एक भइसकेका छन् । कहिलेपनि नखुल्ने गरी शिवरको भ्रष्टाचार अख्तियारमा बन्द भइसकेको छ । ‘शिविरको भ्रष्टाचार द्धन्द निरुपण तथा ब्यवस्थापनमै राखियो’ उजुरी कर्ता नेकपा सांसद महेस बस्नेतले भने ‘अख्तियारले भ्रष्टाचारलाई पनि द्धन्द ब्यबस्थापनका रुपमा लिएको हुनसक्छ । त्यही भएर छाननिव भएन ।’ द्धन्द र सुशासनको कुरा फरक हो तरपनि अख्तियारले सुशासनलाई द्धन्दसँग गरेको बस्नेतले आँकलन गरेका छन् । युवासंघको उजुरी अख्तियारको कुन दराजमा थन्किएको छ ? छानविनकर्तालाई नै थाहा छैन ।

 

२०७३ सालमा छानविन खट्टिएका कर्मचारी यतिबेला अख्तियारमा छैनन् । कतिपयले अवकास पाएभने कतिपयको सरुवा भइसकेको छ । अख्तियारले प्रतिबेदन समेत बनाउन नसकेको स्रोतले बताएको छ ।

 

कुनै समय लोकमान सिंह कार्कीले लडाकु शिविरको भ्रष्टाचारलाई माओवादी तर्साउने हतियार बनाएका थिए । लोकमानलाई सर्वाेच्च अदालतले बोलाएलगतै उनले लडाकु शिविरमा भएको भ्रष्टाचार छानविन भइरहेको बताएका थिए । लोकमानको बर्हिगमनसँगै लडाकु शिविरभित्रको छानविन अख्तियारभित्रै समाधि बनेको छ ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...