विविध

पर्यटकको रोजाइमा गाईघाट झरना

  जिल्लाको ताराखोला गाउँपालिका–१ स्थित ‘गाईघाट झरना’ पर्यटकीय गन्तव्यका रुपमा विकसित हुँदै गएको छ । प्राकृतिक सुन्दरतायुक्त झरना अवलोकन गर्ने आन्तरिक पर्यटकको संख्या दैनिक बढ्दो छ । वर्षौंदेखि ओझेलमा परेको झरना प्रचारप्रसार र पर्यटकीय पूर्वाधार निर्माणले चर्चामा आएको हो ।