विप्लवका कार्यकर्ताले वर्षमान पुनको हत्या प्रयास असफल, यसरी भयो फाएरिङ



हाम्रो इकोनोमि

नेकपा माओपादी नेत्रविक्रम चन्दका कार्यकर्ताले माओवादी केन्द्रका नेता वर्षमान पुनको हत्या गर्ने प्रयास गरेको छन् । वर्षमान पुन चढेर हिडेको गाडीलाई लक्षित गरी भिरबाट ठूलाठूला ढुङ्गा लडाई हत्या गर्ने प्रयास भएको थियो तर सफल हुन सकेन । सुरक्षकर्मीले फाएरिङ गरेपछि अभियुक्तहरु भागेका थिए । पूर्वमाओवादी नेता नेत्रविक्रम चन्दका कार्यकर्ताले आफ्नै पूर्वसहकर्मी वर्षमान पुनको चुनावी अभियानमाथि निरन्तर अवरोध गर्न थालेका छन् ।

शनिबार वर्षमान चढेको गाडीलाई लक्षित गरेर माइन बिस्फोट गराइएको थियो भने आइतबार भीरबाट ढुंगा लडाउने र सानो हतियारबाट फायरिङ गर्ने काम भएको छ ।

आइतबार दिउँसो रामचीबाट दुईखोलीतर्फ आमसभाका लागि हिँडेको वर्षमान पुनको टोलीलाई भीरबाट ढंगा लडाएर विप्लवका कार्यकर्ताले करिब २ घण्टासम्म बाटैमा रोकेका छन् ।

विप्लवका कार्यकर्ताले भीरबाट ढुंगा लडाएर गाडी रोकेपछि छोटो हतियारबाट फायरिङ गरेका थिए । प्रहरीले जवाफी फायरिङ गरेर उनीहरुलाई धपाएको थियो ।

यसक्रममा ३ जना विप्लवका कार्यकर्तालाई घटनास्थलबाटै प्रहरीले पक्राउ गरेको छ । आक्रमणकारीलाई प्रहरीले भीर आसपासबाट सर्च गरेर पक्राउ गरेको हो ।

वर्षमान पुनको चुनावी टोलीमाथि दिनहुँ आक्रमणको प्रयास भइरहे पनि विप्लव समूहले अहिलेसम्म घटनाको जिम्मेवारी लिएको छैन ।

तर, आफ्नै मित्रशक्तिमाथि सिलसिलेवार रुपमा सांघातिक हमला हुन थालेपछि यस्तो घटना विप्लव समूहले नै गराइरहेको छ या उनका नाममा वाम गठबन्धन विरोधी शक्तिले गरिरहेको छ भन्नेबारे गम्भीर प्रश्न उठेको माओवादी केन्द्रका एक जिल्ला नेताले बताए ।

शनिबार वर्षमानको टोलीलाई तर्साउने नियतले नभई सखाप नै पार्ने नियतले शक्तिशाली माइन बिस्फोट गराइएको थियो भने आइतबार गोली हान्ने प्रयास भएको थियो ।

घटनाको प्रकृति हेर्दा सामान्य अवरोध गर्ने मात्रै नभएर पुनमाथि सांशातिक आक्रमणकै षड्यन्त्र भइरहेको संकेत देखिएको सुरक्षा स्रोतको आँकलन छ ।

 

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...