गैससको कार्यक्रम सञ्चालनमा रोक



हाम्रो इकोनोमि

आगामी मंसिर १० गते प्रथम चरणअन्तर्गत हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पर्नसक्ने प्रभावलाई मध्यनजर राखी जिल्लामा गैरसरकारी संस्थाका कामकाजमा शनिबारदेखि रोक लगाएको छ ।

प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलका अनुसार निर्वाचन अवधिमा गैरसरकारी संस्थाले गरेका कार्यक्रमले स्वच्छ र निष्पक्ष निर्वाचन सम्पन्न गराउन असर पर्नसक्ने भएकाले निर्वाचन अवधिभरलाई कुनै काम नगर्न नगराउन निर्देशन दिइएको छ ।

भूकम्पपछि राहत सहयोगमा कार्यरत दर्जनौँ गैसस कार्यरत रहेका छन् । निर्वाचन आचारसंहिता पूर्णरुपले पालना गराउने कार्य स्वागतयोग्य भएको मतदाताले बताएका छन् ।

संस्थाले आफ्नो कार्य नीतिअनुसार काम गरे पनि कुनै दलले हामीले पठाएका हौँ भनी मतदातासामु बाँड्न सक्ने आश्वासन बेलैमा रोक्न उक्त कदम चालिएको बताइएको छ ।

तीनसय ५६ कर्मचारी खटाइने

मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ४५ अधिकृत, ४५ नायबसुब्बा र अन्य दर्जाका २९६ गरी कूल ३५६ कर्मचारी खटाउने तयारी पूरा भएको छ ।

रसुवामा प्रतिनिधिसभातर्फ एउटा निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको छ । जिल्लामा कूल ३२ हजार ३२२ मतदाता रहेका सहायक निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिनुभयो ।

त्यसैगरी मतदानस्थल र मतदाता सुरक्षाका लागि आवश्यक सुरक्षा जनशक्ति तयार गरिएको प्रमुख जिल्ला अधिकारी हीरादेवि पौडेलले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...