निर्वाचनलाई मध्यनजर गर्दै संखुवासभाको किमाथांका नाका ४ दिनका लागि बन्द



हाम्रो इकोनोमि

संखुवासभा । हिमाली जिल्ला संखुवासभामाको एक मात्र नाका किमाथांका मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई मध्यनजर गर्दै आजदेखि ४ दिनसम्म बन्द रहने भएको छ।

चीनबाट नेपालतर्फ र नेपालबाट चीनतर्फ आवतजावत पूर्णरुपमा बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहन घिमिरेले बताए। सदरमुकामबाट पैदल ४ दिनको यात्रामा पुगिने दुर्गम भोट खोला गाउँपालिकाका स्थानीयलाई जिल्ला प्रशासन कार्यालय संखुवासभामार्फत स्थानीय प्रशासनले अत्यावश्क खाद्य सामग्री जोहो गर्नसमेत यसअघि नै सचेत गराएको थियो।

चीनले सरकारले किमाथांकाबाट नाका बुधबार र शनिबार मात्र प्रवेश अनुमति दिँदै आएको छ। किमाथांका, भोटखोला, हटिया चेपुवाका अधिकांश बासिन्दा चिनियाँ बजारमै निर्भर छन्।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...