निर्वाचनलाई मध्यनजर गर्दै संखुवासभाको किमाथांका नाका ४ दिनका लागि बन्द



हाम्रो इकोनोमि

संखुवासभा । हिमाली जिल्ला संखुवासभामाको एक मात्र नाका किमाथांका मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई मध्यनजर गर्दै आजदेखि ४ दिनसम्म बन्द रहने भएको छ।

चीनबाट नेपालतर्फ र नेपालबाट चीनतर्फ आवतजावत पूर्णरुपमा बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहन घिमिरेले बताए। सदरमुकामबाट पैदल ४ दिनको यात्रामा पुगिने दुर्गम भोट खोला गाउँपालिकाका स्थानीयलाई जिल्ला प्रशासन कार्यालय संखुवासभामार्फत स्थानीय प्रशासनले अत्यावश्क खाद्य सामग्री जोहो गर्नसमेत यसअघि नै सचेत गराएको थियो।

चीनले सरकारले किमाथांकाबाट नाका बुधबार र शनिबार मात्र प्रवेश अनुमति दिँदै आएको छ। किमाथांका, भोटखोला, हटिया चेपुवाका अधिकांश बासिन्दा चिनियाँ बजारमै निर्भर छन्।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...