राजनीति

नेपाल र श्रीलंकाबिच आपसी सहयोग अभिवृद्धि सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

    राष्ट्रपति विद्यादेवी भण्डारी र श्रीलङ्काका राष्ट्रपति मैत्रीपाल सिरिसेनाबिच शनिबार बेलुका राष्ट्रपति कार्यालय शीतल निवासमा द्विपक्षीय वार्ता भएको छ । त्यस अवसरमा नेपाल–श्रीलङ्का सम्बन्धका सबै पक्षमा सङ्क्षिप्त विचारविमर्श हुनुका साथै पारस्परिक हित र चासोका विषयमा छलफल भएको थियो ।