चिकित्सकहरुको आन्दोलनमा कांग्रेसको समर्थन: सभापति देउवा



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिकित्सकहरुको आन्दोलन जायज भएको बताएका छन् । चितवनस्थित नेपाल प्रेस युनियन भरतपुर शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले उपचार सेवा नै ठप्प पार्दै आएका चिकित्सकहरुको आन्दोलनमा कांग्रेसको समर्थन रहेको बताएका हुन् । ‘उनीहरुका जायज माग सम्वोधन हुनुपर्छ’ उनले भने ।

 

एक अर्को फरक प्रसंगमा बोल्दै सभापति देउवाले सरकारको काम गराई चित्तबुझ्दो नभएको भन्दै सच्चिन आग्रह गरेका छन् । नेपाली कांग्रेस बलियो प्रतिपक्ष भएर बसेकोले सरकारको हरेक क्रियाकलाप नजिकबाट नियालेको उनको भनाई थियो ।

 

पछिल्लो समय देशमा बढेको बलात्कारका घटनाप्रति चिन्ता व्यक्त गर्दै सभापति देउवाले सरकार दोषीको पहिचान गरी कारबाही गर्न असफल भएकोप्रति गुनासो गरेका छन् । उनले भने, ‘बलत्कार घटनाका दोषीलाई कारबाही गर्न किन ढिलाई ?’

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...