प्रदेश ५ ले ल्यायो पाँच वर्षिय योजना, प्रतिव्यक्ति आय दुई हजार डलर बनाउने लक्ष्य



हाम्रो इकोनोमि

 

प्रदेश—५ ले अगामी पाँच वर्षभित्र प्रतिव्यक्ति आय दुई हजार अमेरिकी डलर बनाउने गरी योजना तर्जुमा थालेको छ । निक्कै नै महत्वकांक्षी योजना सहित पाच वर्षै आवधिक योजना तर्जुमा गरेको प्रदेश सरकारले एक हजार १२ डलरबाट बढाएर दुई हजार बनाउने योजना अघि सारेको हो ।

 

यस्तै, झण्डै ३० प्रतिशतमा रहेको गरिबीलाई १० प्रतिशतमा झार्ने लक्ष्य समेत लिएको छ । योजनामा बालमृत्युदर ३० प्रतिशतमा झार्ने र खानेपानीको पहुच ९५ प्रतिशतमा पुर्‍याउने, प्रदेशमा विद्युतीय बस, रेल सेवा, तीन मुख्य आर्थिक केन्द्र बनाउने आवधिक योजनाका रणनीति रहेको प्रदेश योजना आयोगका उपाध्यक्ष डा।

 

प्रकाश श्रेष्ठले जानकारी दिनुभयो । प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको समृद्ध प्रदेश बनाउने लक्ष्य अनुरुप योजना अघि सारिएको छ ।

 

विकासका लागि सरकारी र निजी क्षेत्र प्रतिस्पर्धी मोडेलमा जाने रणनीति बनाएको छ । आर्थिक विकासका लागि ‘पब्लिक प्राइभेट पार्टरनसीप’को मोडल फेल खाइसकेको भन्दै उपाध्यक्ष श्रेष्ठले अव प्रतिस्पर्धी मोडेल अपनाउने रणनीति लिएको बताउनुभयो । ती योजनाको लक्ष्य प्राप्तिका लागि पूर्वाधार र मानव संसाधन विकासलाई पहिलो प्राथमिकतामा राखिएको छ ।

 

प्रदेश भित्रै प्राविधिक शिक्षाको उपलब्धता, स्वास्थ्य सेवा र बिमा, सरसफाईयुक्त जिल्ला, आधारभूत आवास, रणनीतिक सडक र नगरपालिकाका केन्द्र पुग्ने सडक कालोपत्रे गर्ने लक्ष्यहरु राखिएको छ । योजनालाई व्यवहारिक बनाउन अब १२ वटै जिल्लामा पूर्व छलफल गरिने प्रदेश योजना आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा भारी वर्षा हुने

    देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा...

शिक्षा र स्वास्थ्यको कर हटाउने सरकारको निर्णय

    सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट...

गगनसँग सति जान सकिँदैन : मोहन बस्नेत

    नेपाली कांग्रेसका नेता मोहन बस्नेतले गगन थापाको नेतृत्वमा परिचालित रुपमा विशेष...

अर्याल र जमरकट्टेललाई माछापुच्छ्रे बैंकमा नयाँ जिम्मेवारी

    माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो उच्च व्यवस्थापन टोलीलाई थप सुदृढ बनाउने उद्देश्यका...