कांग्रेसको तेस्रो धार तयार हुँदै, यसरी बन्दैछ नयाँ समिकरण



 

 

नेपाली कांग्रेसको तेस्रो धारले पार्टीमा आफ्नो बेग्लै पहिचान स्थापित गर्न सक्रियता बढाएको छ। प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनपछि संस्थापन समूह र इतर समूहका रुपमा दुई गुट परिचित थिए। तर, पछिल्लो समय संस्थापन इतरका दुई समूहले आ–आफ्नो बाटो तय गरेका छन्।

तेस्रो धारको नेतृत्व गरेको कृष्ण प्रसाद सिटौलाको समूह थप सशक्त भुमिकामा देखिने प्रयासमा छ। निर्वाचनमा पराजय पश्चात् भएको भातृ तथा शुभेच्छुक संगठनको महाधिवेशनमा सहकार्य गरी वरिष्ठ नेता रामचन्द्र पौडेल र सिटौला पक्षले संस्थापन पक्षलाई पराजित गर्दै आएका थिए। तर,पछिल्लो समयमा देखिएको गतिविधिले संस्थापन इतरका दुई समूहले आगामी दिनमा सहकार्य गर्ने सम्भावना कम हुने संकेत देखिएको छ।

गत बुधबार सिटौला समूहले गरेको एक कार्यक्रममा उनी पक्षीय नेता तथा कार्यकर्ताहरूको मात्रै उपस्थिति रहेको थियो। ‘वर्तमान परिस्थिति र लोकतन्त्रका चुनौती’ विषयक अन्तरक्रिया गरिएको त्यही स्थान हो, जहाँ २०७२ फागुन १९ मा सिटौला पक्षका नेताहरूले १३ औं महाधिवेशनमा उम्मेदवारी घोषणा गरेका थिए।

तत्कालिन समयमा उम्मेदवारी घोषणा गर्दा शक्ति प्रर्दशनको छनक देखाएको समूहले गत बुधबारको अन्तरक्रिया कार्यक्रममा आफ्नो धार बलियो भएको सन्देश प्रवाह गर्ने प्रयास गरेको थियो। ती दुवै कार्यक्रमका लागि बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्ड रोजिएको थियो। अन्तरक्रियाको आयोजक संस्था ‘जिपी कोइराला लोकतन्त्र संवर्द्धन केन्द्र’ सिटौलाको पहलमा २०७२ कार्तिकमा गठन गरिएको थियो।

कांग्रेसको १३औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने सोच बनाएपछि सिटौलाले आफू निकटका कार्यकता जम्मा गरेर कमलादी स्थित होटल कमलमा उक्त संस्था गठन गर्न सुझाएका थिए। सिटौलाका कदमलाई साथ दिने गरी उक्त संस्था जन्माइएको बताइन्छ। सिटौला नजिक रहेका बलदेब तिमल्सिना संस्थाको संयोजक छन्। उनी सिन्धुपाल्चोकबाट महासमिति सदस्य पनि हुन्।

सिटौला समूह कति बलशाली ?

१३ औं महाधिवेशनमा सिटौलाले सभापतिमा उम्मेद्वारी दिँदै गर्दा महामन्त्रीमा युवा नेता गगन थापा र कोषाध्यक्षमा उमाकान्त चौधरी प्रतिपस्र्धी थिए। सिटौला समूहमा अर्का युवा नेता प्रदिप पौडेलको साथ छ भने केन्द्रीय सदस्य शिव प्रसाद हुमागार्इं पनि साथ छ।

गत बुधबारको अन्तरक्रियामा सिटौलाले युवा नेताहरू दायाँ बायाँ राखेर आफ्नो समुह बलियो भएको छनक दिएका थिए। केन्द्रीय सदस्यहरूमा अंक गणितमा कम भएपनि मुद्दाहरूमा सबैभन्दा अघि रहेको समूहको दाबी छ।

सिटौला पक्षको लागि बलियो आधार नेपाल विद्यार्थी संघको एक तप्का रहेको छ। जसलाई महामन्त्री कुन्दनराज काफ्लेले नेतृत्व गरिरहेका छन्। विद्यार्थी संगठनमा काफ्ले समूह बलियो भएकै कारण सभापति नैनसिंह महरले समयमा अधिवेशन गर्न आलटाल गरेको विद्यार्थी नेताहरूको आरोप छ।

काफ्लेको समूहलाई कतिपय एजेण्डामा रामचन्द्र पौडेल निकटका विद्यार्थी नेताहरूले साथ दिँदै आएका छन्। झापा,कालिकोट, उदयपुर ताप्लेजुङ, सिन्धुपाल्चोक लगायतका जिल्ला सभापतिहरूले सिटौलालाई साथ दिएका छन्। पछिल्लो समय नुवाकोटका सभापति जगदिशनरसिंह केसी पनि सिटौला नजिक भएको बताइन्छ।

नेपाल महिला संघकी महासचिव धना खतिवडा, तरुण दलका उपाध्यक्ष उत्तम कुमार चापागार्इं र सांस्कृतिक संघका महामन्त्री रोशन केसी सिटौला नजिक छन्। १३ औं महाधिवेशनमा सिटौलाले उम्मेद्वार घोषणा गर्दा सहयोग गरेका पुष्कर आचार्य ट्रेड युनियन कांग्रेसको अध्यक्ष बनेका छन्।

अर्कातिर सिटौला गृहमन्त्री हुँदा निजामति कर्मचारीबाट सहयोग पुर्‍याएका गोपाल पोखरेल नेपाल कर्मचारी संघको अध्यक्षमा चुनिएका छन्। गत चैतमा भएको कांग्रेस निकट कर्मचारी संघको महाधिवेशनमा पोखरेललाई अध्यक्ष बनाउन सिटौला आफैंखटिएका थिए।

गत महिना भएको डेमोक्रेटिक लयर्स एसोसिएसनमा सिटौला पक्षका योगेन्द्र अधिकारी विजयी भएका थिए। राष्ट्रिय यातायात व्यवसायी महासंघका उपाध्यक्ष सानुकाजी प्रजापति,राष्ट्रिय यातायात मजदुर संघका अध्यक्ष धर्म भण्डारी पनि सिटौला पक्षमा छन्। चिया बगान श्रमिक संघका विजयी सबै पदाधिकारी सिटौला समूहका थिए।

चिया बगान श्रमिक संघको नेतृत्व दीपक लामाले गरेका छन्। केन्द्रीय समितीमा अंक गणीतीय रुपमा सिटौला समूह कमजोर देखिए पनि मुद्धामा भने नेतृत्व गरिरहेको छ। प्रतिनिधि सभामा ‘सिंगल म्यान’ प्रतिपक्षको भुमिकामा गगन थापा उभिएका छन्। प्रतिपक्षीय भुमिकामा उनको तुलनामा अन्य नेताहरू कमजोर देखिएका छन्।

१४ औं महाधिवेशन उन्मुख गतिविधि

गत महाधिवेशनमा हार बेहोरेको तेस्रो धारले १४ औं महाधिवेशनमा बलपूर्वक उपस्थिति जनाउने तयारीमा छ। १४ औं महाधिवेसनलाई मध्यनजर राख्दै सिटौलाले भेटघाटमा तीव्रता दिएका छन्। सिटौलाले मञ्चका भाषणहरूमा भन्दा नेता तथा कार्यकर्तासँगको आन्तरिक भेटघाटलाई प्राथमिकता दिने गरेको उनी निकट एक विद्यार्थी नेताले बताए।

सिटौलाको बलले बनाएको ‘जिपी कोइराला लोकतन्त्र संवद्र्धन केन्द्र’ले तेस्रो समूहका कार्यक्रममा जोड दिएको छ। केन्द्रका अध्यक्ष बलदेव तिमल्सिनाले मुद्धाका आधारमा अन्य समूहसँग सहकार्य हुनसक्ने बताए। उनले भने ‘केन्द्रले तेस्रो धारकै कार्यक्रमलाई प्राथमिकता दिने हो ।’ आफू नजिकका संस्था मार्फत समूहको धारणा बाहिर ल्याउन सिटौला प्रयासरत  रहेको नेपाल लाइभले जनाएको छ ।

अर्को तर्फ युवा नेता प्रदिप पौडेलले तेस्रो धारको प्रतिनिधित्व गर्दै प्रजातन्त्र सेनानी सम्मान गर्ने अभियान सुरु गरेका छन्। पौडेलको नेतृत्वमा ७७ वटै जिल्लामा पुराना कांग्रेस नेताहरूलाई सम्मान गर्ने जनाइएको छ। आगामी महाधिवेशनमा केन्द्रीत हुने गरी सिटौलाले सम्पर्क कार्यालय खोल्ने तयारी पनि गरेका छन्।

सिटौला नजिकका थापा र पौडेलले क्रमशः ज्ञानेश्वर र बालुवाटारमा सम्पर्क कार्यालय खोलिसकेका छन्। संस्थापन समूहमा १४ औं महाधिवेशनका लागि सभापतिका प्रत्यासीमा पुनः शेर बहादुर देउवा एक्ला दाबेदार हुने सम्भावना छ।

तर, संस्थापन इतर समूहमा भने सभापतिका लागि एक्ला प्रत्यासी हुने सम्भावना कम छ। पौडेलसँगै पूर्व महामन्त्री प्रकाशमान सिंह, डा। शशांक कोइराला,शेखर कोइराला र अर्जुन नरसिंह केसी सभापति बन्ने लाइनमा छन्।

अर्कोतर्फ तेस्रो धारका सिटौला सभापतिका निर्विकल्प प्रत्यासी हुन्। संस्थापन इतर समूहको आन्तरिक बैठकमा सभापतिमा आंकाक्षी सबैले उम्मेद्वारी दिने छलफल हुने बताइएको छ। अन्तिम चरणमा दोस्रो हुने प्रतिस्पर्धीलाई मत दिने पूर्व शर्तसहित नेताहरूले छलफलमा विषय उठाउने गरेका छन्।

निर्वाचन पराजय पश्चात् संस्थापन समूहसँग टाढिएका नेतारकार्यकता, देउवा र पौडेल समूहमा रहेर पनि भुमिका विहिन बनाइएकाहरू तथा युवा पुस्ताहरूको उर्जाको साथले तेस्रोे धार बलशाली हुने प्रयासमा छ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्