कांग्रेसले भन्यो निर्मला हत्याको निष्पक्ष छानबिन नभए देशव्यापी आन्दोलन चर्किन्छ



हाम्रो इकोनोमि

 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्याको सम्बन्धमा निष्पक्ष छानबिन नभए आन्दोलन चर्किने खरता रहेको बताएको छ ।

कांग्रेसले जनतालाई फेरि आन्दोलनमा आउनुपर्ने अवस्था आउन नदिन सरकारको ध्यानाकर्षण गराएको हो । कञ्चनपुरको स्थलगत अध्ययनपछि नेपाली कांग्रेसका सांसद एवं केन्द्रीय सदस्य दीलेन्द्र बडूले सोमवार प्रतिनिधिसभाको बैठकमा सभामुखसंग विशेष समय लिएर हत्याकाण्डको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका हुन् ।

पीडितका परिवार, राजनीतिक दल, स्थानीयवासी, आमा समूह तथा अनुसन्धानका क्रममा चरम यातना पाएका व्यक्तिसँग भेट्दा उनीहरूको एउटै स्वर छ ।

निष्पक्ष छानबिन हुनुपर्‍यो,’ बडूले संसदमा भने, ‘घटनालाई प्रहरी प्रशासनले गम्भीर रूपमा नलिएको, छानबिनलाई फितलो बनाएको तथा मानसिक सन्तुलन बिग्रिएका दिलिप सिंह विष्टलाई दोषी देखाइएकोमा जनआक्रोश बढेको पाइयो ।’

मानव सभ्यतालाई नै चुनौती दिने गरी भएको निर्मला पन्तको हत्याका सम्बन्धमा निष्पक्ष ढंगले छानबिन गर्न स्थानीयले माग गरेको उनले बताए ।

छानबिनको मागका लागि आन्दोलनमा उत्रिएका सर्वसाधारणलाई प्रहरी प्रशासनबाट निर्ममतापूर्वक गोली बर्साइयो बडूले, बडूले भने ।

यथार्थ बुझेपछि आफूहरूले प्रधनमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर घटनाबारे जानकारी गराएको भन्दै उनले निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न माग गरे ।

‘तत्कालीन प्रहरीलाई निलम्बन गरेर छानविन शुरु गरिएको छ, निष्पक्ष छानबिन नभए जनता फेरि आन्दोलनमा जाने र धनजनको क्षति हुने अप्रिय स्थिति नआओस्,’ उनले भने ।

 

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...