मुख्य खबर

एक सीटका लागी प्रचण्डको शरणमा वामदेव

    नेकपा एकता अभियान सन्चालन गरिरहेका नेता वामदेव गौतमले आफूलाई गठबन्धनबाट सीट दिलाउने कि माओवादीको कोटाबाट दिने भन्ने जिम्मा प्रचण्डलाई रहेको बताएका छन् । माओवादीकै चुनाव चिन्हबाट निर्वाचनमा भाग लिने गरी निर्वाचन आयोगमा संयुक्त दल दर्ता गर्न पुगेका गौतमले

9
एमालेले दुईतिहाई बहुमत नल्याए राजनीतिबाट सन्यास लिनेछु : खगराज अधिकारी

     नेकपा एमालेका नेता तथा पूर्वगृहमन्त्री खगराज अधिकारीले मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा दलहरुएक्लै लडदा आफ्नो पार्टीले एक्लै दुई तिहाई बहुमत नल्याए राजनीतिबाट सन्यास लिने घोषणा गर्नुभएको छ । रिपोर्टर्स क्लबनेपालले आज आयोजना गरेको साक्षात्कारमा बोल्दै अधिकारीले यस्तो घोषणा गर्नुभएको हो  ‘एक्लाएक्लै लडे कांग्रेसले एक सिटपनिजित्दैन्  अब कांग्रेस एक्लै लड्न नसक्ने भयो  कांग्रेस एक्लै लड्न आओस, हामी दुई तिहाई भन्दा बढि सिटमा जित्छौं । यदि हामीलेदुई तिहाई भन्दा बढि सिट जितेनौं भने म राजनीति छोडिदिन्छु,’ अधिकारीले भन्नुभयो । नेता अधिकारीले अहिलेको पाँच दलीय गठबन्धनलाई वित्तिय गठबन्धनको संज्ञा दिनुभयो । उहाँले भन्नुभयो, ‘माक्र्सवाद–लेनिनवादमाविश्वास गर्छ । अहिलेको गठबन्धन वित्तिय गठबन्धन हो ।’ अधिकारीले कांग्रेसले एसपिपी अर्को ढंगले अघि बढाउन खोजेको रअहिलेको सरकारको कारण देश जटिल अवस्थामा पुगेको तथ्य पनि राख्नुभयो ।


प्रकाशित मिति | 11 August, 2022 4:25 pm