प्युठानबाट एमालेका सूर्य थापा बिजयी



हाम्रो इकोनोमि

 

 

प्युठानबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सूर्य थापा निर्वाचित हुनुभएको छ । थापाले सत्ता गठबन्धनकी साझा उम्मेदवार राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललाई ५ हजार २७४ को फराकिलो मतान्तरले पराजीत गर्नुभएको हो ।

थापाले ४१ हजार ११८ मत पाएर विजयी हुँदा पौडेलले ३५ हजार ८४४ मतमा चित्त बुझाउनु पर्यो । थापा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा प्युठान जिल्ला इन्चार्ज समेत हुनुहुन्छ । पौडेल राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष हुनुहुन्छ ।

 

प्यूठानमा २०७४ सालको निर्वाचनमा पौडेलले जित्नुभएको थियो । नेकपा मशालका महामन्त्री मोहनबिक्रम सिंहकी कान्छी पत्नी पौडेल यसपटक कांग्रेससँगको गठबन्धनबाट उम्मेदवार बनेपनि एमालेका नेता थापासँग हारको नमिठो स्वाद चाख्नु परेको हो । थापाले पहिलो प्रयाशमै निवर्तमान सांसद पौडेललाई गठबन्धनका बावजुद पराजीत गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...