समानुपातिकतर्फ १९ लाख मत गन्दा एमालेको ५ लाख, सवैभन्दा पुछारमा नेकपा एस (सूचीसहित)



हाम्रो इकोनोमि

 

 

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले प्रतिनिधिसभाको समानुपातिकतर्फ अत्यन्तै कम मत पाएको छ । निर्वाचन आयोगले अपडेट गरेको पछिल्लो तथ्यांकअनुसार हालसम्म १८ लाख ९२ हजार ६ सय ३५ मत मरिणाम आउँदा सो दलले जम्मा ३१ हजार ८ सय २४ मत मात्रै पाएको छ ।

आयोगका अनुसार झण्डै १९ लाख मत गन्दा नेकपा एमाले ४ लाख ९८ हजार ४ सय २ मतसहित पहिलो दल बनेको छ भने नेपाली कांग्रेस ४ लाख ६३ हजार ९४१ मतसहित दोस्रो बनेको छ । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी २ लाख ५७ हजार ६ सय ३२ मतसहित तेस्रो स्थानमा रहेको छ ।

यस्तै नेकपा माओवादी केन्द्र २ लाख २५ हजार ८३९ मतसहित चौथो, राप्रपा १ लाख ३५ हजार २४२ मतसहित पाँचौं र जनता समाजवादी पार्टी ५७ हजार १ सय १६ मतसहित छैटौं स्थानमा रहेको छ ।

सातौंमा ४७ हजार १३३ मतसहित नेमकिपा, आठौंमा ३२ हजार ९६२ मतसहित जनमत पार्टी नवौंमा ३२ हजार ७०३ मतसहित नागरिक उन्मुक्ति पार्टी रहेको छ भने माधव नेपालको नेकपा एस ३१ हजार ८२४ मतसहित दसौं स्थानमा परेको छ । यस्तै अन्य दलहरुले १ लाख ९ हजार ८४१ मत पाएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...