समानुपातिकमा एमाले अगाडि, माओवादीलाई घण्टीले उछिन्यो



हाम्रो इकोनोमि

 

 

राजनीतिक दलको लोकप्रियता मापन गर्ने समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत भइरहेको मतगणनामा पहिलो पटकमात्रै निर्वाचनमा भाग लिएको राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेख्य मत प्राप्त गरेको छ । परम्परागत दललाई चुनौती दिएको उक्त पार्टी पछिल्लो गणनामा माओवादी केन्द्रलाई उछिनेर तेस्रो स्थानमा छ ।

देशभर प्रत्यक्षसँगै समानुपातिक मत पनि गणना भइरहेको छ । लाखौं मत गन्न बाँकी रहेकाले यही स्थान कायम रहन्छ भन्ने छैन तर, गणनाको रुझान हेर्दा समानुपातिकतर्फ रवि लामिछाने नेतृत्वको पार्टी तेस्रो बन्ने सम्भावना भने कायमै छ ।

निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार समानुपातिकतर्फ एमाले पहिलो स्थानमा छ । अहिलेसम्म एमालेले २ लाख ४२ हजार ५३६ मतका साथ अग्रता लिएको छ भने कांग्रेस २ लाख १९ हजार ९०५ मतसहित दोस्रोमा छ ।

तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले एक लाख १२ हजार २९४ मत पाएको छ भने नेकपा (माओवादी केन्द्र) को एक लाख ७०८ मत छ । विघटित संसदको चौथो ठूलो दल रहेको नेकपा (एकीकृत समाजवादी) भने निकै पछि परेको छ । अहिलेसम्म माओवादीपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले ५७ हजार ८८९ मतसहित पाँचौं स्थानमा छ भने जनता समाजवादी पार्टी १८ हजार ७६० मतसहित छैटौं र सिके राउत नेतृत्वको जनमत पार्टी १७ हजार ५७८ मतसहित सातौं स्थानमा छ ।

नेपाल मजदूर किसान पार्टी १६ हजार ५१० मतसहित आठौं स्थानमा रहँदा नेकपा एसको अहिलेसम्म १३ हजार ३२६ मतसहित नवौँ स्थानमा छ । यस अघि १० औ नम्बरमा रहेको नेकपा (एस) अहिले नवौ नम्बरमा उक्लिएको हो । १० औ नम्बरमा रहेको नागरिक उन्मुक्ति पार्टीले ११ हजार ७३८ मतसहित नवौं स्थान लिएको छ ।

मतगणनाको रुझान हेर्दा नेकपा एसले थ्रेस होल्ड कटाएर राष्ट्रिय पार्टी बन्नलाई निकै चुनौति देखिएको छ । प्रत्यक्षमा नेकपा एसले एक निर्वाचन क्षेत्रमा निर्वाचित भएर ५ वटा निर्वाचन क्षेत्रमा अग्रता लिइरहदाँ समानुपातिकमा भने पछि परेको छ ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...