मुख्य खबर

बाम गठबन्धनको बैठक गराउनेकै घरमा डेरा सरे प्रचण्ड,नयाँ घरबेटीलाई प्रचण्डले यसरी बनाउदैछन् सांसद

पार्टी एकता र चुनावी तालमेलका लागि एमाले–माओवादी केन्द्रले प्रयोग गर्दै आएको घरघनीकै अर्काे घरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ डेरा सरेका छन्। ललितपुर महानगरपालिका–१५ मा रहेको निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीको घरलाई प्रचण्डले शुक्रबार साँझदेखि आफ्नो नयाँ डेरा बनाएका हुन्।