महासचिव ईश्वर पोखरेलबाट धोवीखोला कोरिडर निरिक्षण



हाम्रो इकोनोमि

नेकपा (एमाले)का महासचिव तथा काठमाडौं क्षेत्र नं ५ का निर्वाचित प्रतिनिधिसभा सदस्य ईश्वर पोखरेलले धोबीखोलाको दुबै किनारमा निर्माणाधीन धोबीखोला कोरिडोरको आज विहान निरिक्षण गर्नुभएको छ ।

कार्यक्रममा यस क्षेत्रका प्रदेशसभा सदस्यहरु नारायण सिलवाल र दिपक निरौलाको पनि उपस्थिति रहेको थियो । निरिक्षणका क्रममा आयोजित अन्तरक्रिया कार्यक्रममा महासचिव पोखरेलले आगामी वर्षा यामभन्दा अघि नै यसको निर्माण सम्पन्न गर्न उपत्यका विकास प्राधिकरण र अधिकार सम्पन्न बाग्मती सभ्यता विकास परियोजनालाई निर्देशन दिनुभएको छ । साथै, उहाँले सार्वजनिक जमिन र सम्पतिको रक्षा र सम्बद्र्धन गर्न आफू कटिबद्ध हुने बताउँदै उपस्थित जनसमुदायलाई पनि त्यसै अनुरुप गर्नुहुन अनुरोध गर्नुभयो ।

अन्तरक्रिया कार्यक्रममा उपत्यका विकास प्राधिकरणका तर्फबाट काठमाडौं जिल्ला आयुक्त दिपक श्रेष्ठले कोरिडोरको काम तीव्र गतिमा अघि बढिरहेको तर बाटोमा पर्ने टेलिफोन र विजुलीको पोलले काममा अवरोध सृजना भइरहेको जानकारी गराउनु भएको थियो । त्यस्तै, बाग्मती खोलामा मिसिने ३ वटा खोलाहरुमा ढल निर्माण गरिरहेको अधिकार सम्पन्न बाग्मती सभ्यता विकास परियोजनाका तर्फबाट प्रम्ख आशिष घिमिरेले धोबीखोला कोरिडोरमा निर्माण गर्नुपर्ने १२ किलो मिटर ढलमध्ये जम्मा ७०० देखि ८०० मिटरमात्र ढल निर्माणको काम बाँकी रहेको जानकारी गराउँदै केही महिनाभित्रै त्यो काम सम्पन्न हुने बताउनुभयो ।

छलफलमा स्थानीय बासिन्दा तथा उपभोक्ताहरुले कामको गति सुस्त भएको र गुणस्तर सन्तोषजनक नरहेको धारणा व्यक्त गर्दै यसमा ध्यान दिन आग्रह गर्नुभएको थियो । अन्तरक्रिया कार्यक्रमपश्चात महासचिव पोखरेलसहित उपस्थित महानुभावहरुले काम भइरहेको करिडोरको निरिक्षण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...