ओली-दाहाल आज यसकारण भेट हुन सकेन,कहिलेलाई जुर्यो साइत



हाम्रो इकोनोमि

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार पनि भेट हुन सकेन।

केही दिनदेखि अस्वस्थ रहेका ओलीसँग उनको निवासमा दुई वाम नेताको भेट हुने अड्कलबाजी भइरहेका बेला दाहालको भरतपुर-काठमाडौ उडान रद्द भएका कारण भेट हुन नसकेको जानकार स्रोतले बतायो।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका अनुसार भोलि हुने पार्टी एकता समायोजन समितिको बैठकपूर्व दाहाल र ओलीबीच भेटवार्ता तय गरिएको छ।

दाहालसँगको भेटको तयारी स्वरुप ओलीले शारीरिक कमजोरीका बाबजुद माधव नेपाल लगायत आफ्नो पार्टीका वरिष्ठ नेताहरुसँग पार्टी एकता र सरकार गठनबारे परामर्श लिइरहेको बुझिएको छ।

यसैबीच स्वास्थ्य परीक्षणका लागि ओली आगामी बुधबार बैंकक गएर चिकित्सकले अन्यथा सल्लाह नदिएमा आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको ओली निकट सूत्रले दिएको छ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...