प्लेन नउडे पछी प्रचण्ड गाडीमा काठमाडौँ आउदै,काठमाडौँ आउँन प्रचण्डलाई ओलीले यसरी गरे तगता



हाम्रो इकोनोमि

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी एकता संयोजन समितिको बैठकका लागि स्थलगमार्गबाटै काठमाडौं आउँदै छन्।

भरतपुर महानगरपालिकाको नगरसभामा सहभागी हुन गत बिहीबार चितवन गएका दाहाल शनिबार नै काठमाडौं फर्कने कार्यक्रम थियो। तर, प्रतिकूल मौसमका कारण जहाज नउडेपछि दाहाल चितवनमै रोकिएका थिए।

शनिबार बस्ने भनिएको एकता संयोजक बैठक आफ्नो कारणले स्थगित भएपछि दाहाल आइतबार स्थलमार्गबाट काठमाडौं आउन लागेका हुन्। दाहाल बिहानको खाना खाएर चितवनबाट काठमाडौंतर्फ प्रस्थान गरेको उनी निकट माओवादी नेता सूर्य सुवेदीले जानकारी दिए।

एकता संयोजन समितिको बैठकका एजेन्डाहरु शुक्रबार नै तय भइसकेका छन्। एमाले अध्यक्ष केपी ओली बुधबार नियमित स्वास्थ्य जाँचका लागि थाइल्यान्डको बैंकक जाने भएकाले तीन दिनभित्रै पार्टी एकताको मोडालिटी टुंग्याउन दाहाल काठमाडौं आउन लागेका हुन्।

दाहाल आए लगत्तै एकता संयोजन समितिको बैठक बस्ने तयारी छ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...