काठमाडौंको तापक्रम शून्यमा झर्‍यो, जाडो अझै बढ्ने सम्भावना



हाम्रो इकोनोमि

काठमाडौं उपत्यकामा शनिबारभन्दा आइतबार १.६ डिग्री तापक्रम घटेको छ। शनिबार उपत्यकाको न्यूनतम तापक्रम १।६ थियो भने आइतबार बिहान शून्य डिग्री सेल्सियस पुगेको छ।

देशभरि बादल नलागेको र उत्तर पश्चिमबाट आएको हावाले तापक्रम घटेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए।

‘अझै बादल लाग्ने वा कुनै मौसम प्रणाली आउने सम्भावना छैन, तापक्रम अझै घट्ने सम्भावना छ, माइनस पनि हुन सक्छ,’ पौडेलले भने।

महाशाखाका अनुसार पोहोरको हिउँदमा काठमाडौंको तापक्रम ०.४ डिग्री पुगेको थियो।

काठमाडौंमा सन् १९७८ जनवरी ११ मा तापक्रम –३.५ डिग्री पुगेको थियो।

चिसो बढेसँगै देशको तराई क्षेत्रमा शितलहर चलेको छ। त्यहाँ दिउँसो घाम नलाग्ने भएकाले तराईको अधिकतम् तापक्रम १० डिग्रीभन्दा बढ्न नसकेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...