काठमाडौंको तापक्रम शून्यमा झर्‍यो, जाडो अझै बढ्ने सम्भावना



हाम्रो इकोनोमि

काठमाडौं उपत्यकामा शनिबारभन्दा आइतबार १.६ डिग्री तापक्रम घटेको छ। शनिबार उपत्यकाको न्यूनतम तापक्रम १।६ थियो भने आइतबार बिहान शून्य डिग्री सेल्सियस पुगेको छ।

देशभरि बादल नलागेको र उत्तर पश्चिमबाट आएको हावाले तापक्रम घटेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए।

‘अझै बादल लाग्ने वा कुनै मौसम प्रणाली आउने सम्भावना छैन, तापक्रम अझै घट्ने सम्भावना छ, माइनस पनि हुन सक्छ,’ पौडेलले भने।

महाशाखाका अनुसार पोहोरको हिउँदमा काठमाडौंको तापक्रम ०.४ डिग्री पुगेको थियो।

काठमाडौंमा सन् १९७८ जनवरी ११ मा तापक्रम –३.५ डिग्री पुगेको थियो।

चिसो बढेसँगै देशको तराई क्षेत्रमा शितलहर चलेको छ। त्यहाँ दिउँसो घाम नलाग्ने भएकाले तराईको अधिकतम् तापक्रम १० डिग्रीभन्दा बढ्न नसकेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...