संबिधान मान्दैनौ भन्नेका नाइकेले संविधानप्रति बफादार रहने भन्दै यसरी खुवाए सपथ
प्रतिनिधिसभाका ज्येष्ठ सदस्यका रुपमा महन्थ ठाकुरले सांसदहरुलाई सपथ खुवाएका छन्। ठाकुर यस्ता व्यक्ति हुन्, जसले संविधान निर्माण प्रक्रियादेखि नै संविधानका कैयौं प्रावधानमाथि असहमति राखेर आन्दोलन समेत गरे। दोस्रो संविधानसभाको सदस्य नभए पनि ठाकुर मधेस राजनीतिको सानाठूला सबै गतिविधिका निर्णयकर्तामध्येका एक