गृहमन्त्रीको आदेश पछी मर्सिडिजमा हिँड्ने गुन्डा नाइके’ अभिषेक गिरीको कारागार सरुवा,जेलभित्र रुवावासी



हाम्रो इकोनोमि

गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा गुन्डा नाइके अभिषेश गिरीको कारागार सरुवा गरिएको छ। अपहरण मुद्दामा विराटनगर जेलमा रहेका गिरीले केही समयदेखि कारागारभित्र नै ‘गुन्डा राज’ चलाएको खबर पाएपछि गृहमन्त्री थापाले गिरीलाई सरुवा गर्ने कारागार व्यवस्था विभागलाई निर्देशन दिएका थिए।

शुक्रवार दिउँसो गिरीलाई मोरङ जिल्ला कारागारबाट केन्द्रीय कारागार पठाइएको गृहमन्त्री थापाका सहयोगी किरण भट्टराईले जानकारी दिए। गिरी लामो समयदेखि जेलभित्र ‘गुन्डा राज’ गर्दै आएका थिए। उनलाई जेल सरुवा गर्दा जेल भित्रका कैदीहरुले आन्दोलन तथा नाराबाजी गरेका थिए।

गत सोमवार गृहमन्त्रालयमा आयोजित एक कार्यक्रममा देशको सुरक्षा व्यवस्थाको जिम्मेवारी सम्हालेका गृहमन्त्री थापाले कारागार भित्र रहेका कैदी मर्सिडिज लिएर हिँड्ने गरेको खुलासा गरेका थिए। गृहमन्त्री थापाले भने, ‘खै भाइ नाइके हो कि के नाइके? विराटनगर कारागारमा रहेका कैदी सहरमा मर्सिडिज लिएर हिँड्ने गरेको सुन्दै छु। कारागारमा नै दादागिरी र हप्ता असुली हुन्छ रे। त्यसलाई अब ठीक ठाउँमा राख्नुपर्छ।’

गृहमन्त्री थापाकै निर्देशनमा देशभरिका चालचलन ठीक नभएका कैदी, भाइ नाइके, नाइके समेतको सरुवा सुरु भएको हो। देशभरका ७२ वटा कारागारमा अहिले १९ हजार कैदीबन्दी छन्। गुन्डा नाइके समिरमान सिंह बस्‍नेत, रमेश बाहुन, सञ्जय साह टकला, चाल्स शोभराज लगायतका कुख्यात अपराधी जेलमा सजाय काटिरहेका छन्।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...