गृहमन्त्रीको आदेश पछी मर्सिडिजमा हिँड्ने गुन्डा नाइके’ अभिषेक गिरीको कारागार सरुवा,जेलभित्र रुवावासी



हाम्रो इकोनोमि

गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा गुन्डा नाइके अभिषेश गिरीको कारागार सरुवा गरिएको छ। अपहरण मुद्दामा विराटनगर जेलमा रहेका गिरीले केही समयदेखि कारागारभित्र नै ‘गुन्डा राज’ चलाएको खबर पाएपछि गृहमन्त्री थापाले गिरीलाई सरुवा गर्ने कारागार व्यवस्था विभागलाई निर्देशन दिएका थिए।

शुक्रवार दिउँसो गिरीलाई मोरङ जिल्ला कारागारबाट केन्द्रीय कारागार पठाइएको गृहमन्त्री थापाका सहयोगी किरण भट्टराईले जानकारी दिए। गिरी लामो समयदेखि जेलभित्र ‘गुन्डा राज’ गर्दै आएका थिए। उनलाई जेल सरुवा गर्दा जेल भित्रका कैदीहरुले आन्दोलन तथा नाराबाजी गरेका थिए।

गत सोमवार गृहमन्त्रालयमा आयोजित एक कार्यक्रममा देशको सुरक्षा व्यवस्थाको जिम्मेवारी सम्हालेका गृहमन्त्री थापाले कारागार भित्र रहेका कैदी मर्सिडिज लिएर हिँड्ने गरेको खुलासा गरेका थिए। गृहमन्त्री थापाले भने, ‘खै भाइ नाइके हो कि के नाइके? विराटनगर कारागारमा रहेका कैदी सहरमा मर्सिडिज लिएर हिँड्ने गरेको सुन्दै छु। कारागारमा नै दादागिरी र हप्ता असुली हुन्छ रे। त्यसलाई अब ठीक ठाउँमा राख्नुपर्छ।’

गृहमन्त्री थापाकै निर्देशनमा देशभरिका चालचलन ठीक नभएका कैदी, भाइ नाइके, नाइके समेतको सरुवा सुरु भएको हो। देशभरका ७२ वटा कारागारमा अहिले १९ हजार कैदीबन्दी छन्। गुन्डा नाइके समिरमान सिंह बस्‍नेत, रमेश बाहुन, सञ्जय साह टकला, चाल्स शोभराज लगायतका कुख्यात अपराधी जेलमा सजाय काटिरहेका छन्।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...