भारतमा रहेका ओली मोदीको सम्मान पछी यसरी उफ्रीए बुरुक्क,मोदी पनि प्रफुल्ल गोप्य सम्झौता आजै हुने



हाम्रो इकोनोमि

राजकीय भ्रमणको दोस्रो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय उच्च नेतृत्वसँग भेटवार्ता प्रारम्भ गरेका छन् । प्रधानमन्त्री ओलीले आज विहान भारतका राष्ट्रपति रामनाथ कोविन्दसँग भेटवार्ता गरे भने भारतीय विदेशमन्त्री सुष्मा स्वराजले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेकी छिन् । प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच सीमित अधिकारीसहित र औपचारिक प्रतिनिधिमण्डलस्तरीय गरी दुईचरणको भेटवार्ता हैदरावाद हाउसमा हुँदैछ ।

प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री मोदीले राष्ट्रपति भवनमा आयोजित गार्ड अफ अनरमा स्वागत गरे । ओली र मोदी दुवै प्रफुल्ल मुद्रामा देखिन्थे । दुईबर्ष अघि हाफ कुर्तामा आएका मोदी आज भने फूल कुर्तामा आएका थिए ।

राष्ट्रपति भवनमा गार्ड अफ अनरपछि प्रधानमन्त्री ओलीले दुईदेशबीच पुरानो मित्रता नवीकरण गर्न आफू आएको बताए । उनले भने, ‘सन्धी सम्झौता भन्दा पहिला मित्रता हुन्छ, त्यो मित्रता नवीकरण गर्न म यहाँ आएको छु ।’

भारतीय राष्ट्रपति कोविन्दले प्रधानमन्त्री ओलीलाई स्वागत गर्दै नेपालको विकास प्रयासमा भारत सहयोगी हुने बताएका छन् । विदेशमन्त्री स्वराजले आफू माघ १८ र १९ गते काठमाडौंमा रहँदाको स्मरण गर्दै नयाँ सरकारसँग मिलेर काम गर्ने भारतीय चाहना राखेको कूटनीतिक स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
रुकुमपश्चिममा जीप दुर्घटना, २ को मृत्यु, ९ जना घाइते

  रुकुमपश्चिममा जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । आइतबार...

भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...