ओलीले मोदी संग यस्ता कुरा गरे नेपालकै पानीजहाज चलाउन सकिने यस्तो आयो खबर



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालकै पानीजहाजमा दुई वर्षभित्र राष्ट्रिय झन्डा फहराएर यात्रा गर्ने सपना देखाए पनि सम्भावित जलमार्गका रुपमा हेरिएको चतरा-कुर्सेला (सप्तकोशी-गंगा) तत्काल सञ्चालनमा ल्याथुपउन थुप्रै गृहकार्य गर्नुपर्ने देखिएको छ।

सम्भावित जलमार्गबारे ‘कम्युनिकेसन स्टडिज’ पूरा भए पनि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मा भारत र नेपालमा पनि कुनै काम अगाडि बढेको छैन।

पहिलोपल्ट गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री छँदा दुईपक्षीय रुपमा उठाइएको यो विषयले सन् २००३-२००४ मा (राजाको शासनकाल) मा केही अगाडि बढे पनि अहिलेको समस्या परियोजनाको बाँधको उचाइलाई लिएर खडा भएको छ।

भारत २६९ मिटर अग्लो बाँधको अडानमा छ भने जापानी विज्ञ कम्पनीको सिफारिसमा २३९ मिटरभन्दा अग्लो बाँध हुन नहुने अडान नेपाली पक्षको छ।

नेपालको सिफारिसलाई भारतले स्वीकार गरेमा डुबानबाट हुने क्षति कम्तीमा २५ प्रतिशत कम हुनेछ भने त्योसँग जोडिएका अरु परियोजनाहरुमा त्यसले कुनै व्यवधान खडा गर्नेछ।

नेपालतर्फका परियोजना प्रमुख रामप्रसाद शाहका अनुसार यो परियोजना व्यवहारिक छ र यसलाई पूरा गर्न सकिन्छ तर जनतामा यसको आशंकाहरुलाई सम्बोधन गर्नु आवश्यक छ।

डीपीआर तयार भइनसकेको र बाँधको उचाइबारे विवाद कायमै रहेको अवस्थामा ओलीको यो भ्रमणमा जलमार्गलाई व्यवहारिकता दिन सम्भव नरहेको अड्कलबाजी विज्ञहरुले गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...