लुम्बिनी पुगेर लालबाबु पण्डितले भने-सपथ खाएको बिर्सने कर्मचारीलाई सोझै कोर्रा हानेर सम्झाउछु
संघिय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले तोकेको ठाँउमा राष्ट्रसेवक कर्मचारी कुनै हालतमा जानैपर्ने बताएका छन्। राष्ट्रसेवक कर्मचारीले जागिर खाने बेलामा सरकारले तोकेको जुनसुकै ठाँउमा पनि जान्छु भनेर सपथ खाएको स्मरण गराउँदै सरकारले खटाएको ठाँउमा नजाने कर्मचारीलाई कारबाही गरिने