४ अर्व २७ करोडको लागतमा यस्तो बन्दैछ धरहरा(हेर्नुहोस् भिडियो)



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले म बनाउछु मेरै धरहराको उद्घाटन गरे लगतै धरहरा निर्माणको कार्य अगाडि बढेको छ । झण्डै ४ अर्ब २७ करोडमा बन्न लागेको धरहराको मुल भाग निर्माणका लागि १ अर्ब १२ करोड लाग्नेछ भने हुलाकी सेवा विभागमा निर्माण हुने अण्डरग्राउण्ड बेसमेन्टको निर्माण लागत ७५ करोड लागत लाग्ने जनाइएको छ । बाँकी लागत भने वाटर फाउण्टेन, म्युजियम, गार्डेनको निर्माणमा लाग्नेछ । पुरातत्व विभाग र राष्ट्रिय पुननिर्माण प्राधिकरणको सुपरिवेक्षणमा केज कन्सल्टले नयाँ धरहराको डिजाइन तयार पारेको छ ।

धरहरा पुननिर्माण भने राष्ट्रिय पुननिर्माण प्राधिकरणले नै गर्ने जनाइएको छ । ४२ रोपनी जमिनमा निर्माण हुने धराहराको निर्माण ठेक्का लागेको मितिले २ बर्षभित्रै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको पुरातत्व विभागका इञ्जिनियर प्रेमराज पोखरेलले जानकारी दिए । बाहिरबाट २२ तल्लाको देखिने धरहरा १४५ फिट अग्लो हुनेछ । धरहरामा २ वटा लिफ्न राखिएका हुनेछन् । एउटा लिफ्टले ८ जनालाई धरहरा चढाउने छ भने अर्कोले ८ जनालाई ओराल्ने छ । हालसम्म धरहरा पुर्ननिर्माणका लागि २४ करोड संकलन भइसकेको छ ।

https://www.youtube.com/watch?v=FbtO2SylnQQ

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...