४ अर्व २७ करोडको लागतमा यस्तो बन्दैछ धरहरा(हेर्नुहोस् भिडियो)



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले म बनाउछु मेरै धरहराको उद्घाटन गरे लगतै धरहरा निर्माणको कार्य अगाडि बढेको छ । झण्डै ४ अर्ब २७ करोडमा बन्न लागेको धरहराको मुल भाग निर्माणका लागि १ अर्ब १२ करोड लाग्नेछ भने हुलाकी सेवा विभागमा निर्माण हुने अण्डरग्राउण्ड बेसमेन्टको निर्माण लागत ७५ करोड लागत लाग्ने जनाइएको छ । बाँकी लागत भने वाटर फाउण्टेन, म्युजियम, गार्डेनको निर्माणमा लाग्नेछ । पुरातत्व विभाग र राष्ट्रिय पुननिर्माण प्राधिकरणको सुपरिवेक्षणमा केज कन्सल्टले नयाँ धरहराको डिजाइन तयार पारेको छ ।

धरहरा पुननिर्माण भने राष्ट्रिय पुननिर्माण प्राधिकरणले नै गर्ने जनाइएको छ । ४२ रोपनी जमिनमा निर्माण हुने धराहराको निर्माण ठेक्का लागेको मितिले २ बर्षभित्रै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको पुरातत्व विभागका इञ्जिनियर प्रेमराज पोखरेलले जानकारी दिए । बाहिरबाट २२ तल्लाको देखिने धरहरा १४५ फिट अग्लो हुनेछ । धरहरामा २ वटा लिफ्न राखिएका हुनेछन् । एउटा लिफ्टले ८ जनालाई धरहरा चढाउने छ भने अर्कोले ८ जनालाई ओराल्ने छ । हालसम्म धरहरा पुर्ननिर्माणका लागि २४ करोड संकलन भइसकेको छ ।

https://www.youtube.com/watch?v=FbtO2SylnQQ

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...