लुम्बिनीलाई विश्वकै पर्यटकीय गन्तव्य बनाउने भन्दै प्रधानमन्त्री ओलीले सुनाए विश्वलाई चकित पार्ने यस्तो योजना



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीलाई विश्वकै आकर्षक एवं पवित्र पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने बताएका छन्। २५६२औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस २०७५ लाई सम्बोधन गर्दै प्रधानमनत्री ओलीले लुम्बिनीलाई पवित्र स्थानको आभास दिनेगरी विकास गरिने बताए।

शास्त्रहरुमा वर्णन गरिएभन्दा बढी सुगन्धित, पवित्र बगैंचाको रुपमा विकास गर्नेगरी सरकार लागिपरेको बताउँदै उनले लुम्बिनीलाई विश्वकै पवित्र शान्ति केन्द्रको रुपमा विकास गर्न सरकार कटिबद्ध रहेको बताए। लुम्बिनीलाई हजारौं वर्षपहिले यहीँ जन्मिएका सम्राट अशोकले स्थापित गरिसकेकाले थप बहस र विवाद जरुरी नरहेको उनले तर्क गरे। ‘बरु भ्रम वा गल्तीवश विभिन्न देशका कोर्सबुकहरुमा गलत कुरा उल्लेख भएको भए त्यसलाई कूटनीतिक पहल गरी हटाउनुपर्छ,’ उनले भने।

लुम्बिनीको दिगो पर्यटकीय विकासका निम्ति रामग्राम-लुम्बिनी-तिलौराकोट जोड्न मोनोरेल सञ्चालनको आवश्यकता औंल्याएका छन्। लुम्बिनी मात्र नभई यससँग सम्बन्धित रामग्राम, तिलौराकोट र देवदहलाई समेत जोडर एकीकृत विकास गर्न ती स्थानलाई मोनोरेलले जोड्नेगरी सम्भाव्यता अध्ययन गरिने उनको भनाइ छ। ‘रामग्राम, लुम्बिनी हुँदै तिलौराकोट जोड्न मोनोरेल सञ्चालनका लागि छिट्टै सम्भाव्यता र अध्ययन अघि बढाइन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘अध्ययनले सम्भव हुने देखियो भने काम पनि अघि बढ्छ।’

प्रधानमन्त्रीले बुद्ध जन्मस्थलबारे विभिन्न माध्यममा भ्रम फैलाउने प्रयास भए पनि भ्रममा नपर्न विश्व समुदायलाई आग्रह गरे।

यसअघि बौद्ध जयन्तीको अवसरमा आयोजित लुम्बिनी दिवसको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन्। लुम्बिनी विकास कोषले आयोजना गरेको समारोहमा उनले आफ्नो मन्तव्य भने राखिनन्।

प्रतिक्रिया दिनुहोस
दोस्रो चरणको चुनाव हुदै रास्वपा महाधिवेशनमा

    रास्वपाको जारी महाधिवेशन ९९ केन्द्रीय सदस्य चयन गर्नको लागि निर्वाचन सकिएलगत्तै...

भेनेजुएलामा शक्तिशाली भूकम्प, १० हजार बढीको मृत्युको आशंका

    राजधानी काराकाससहित धेरै सहरमा भवनहरू हल्लिएका, केही संरचनाहरू भत्किएका तथा हजारौँ...

९९ केन्द्रीय सदस्यका लागि रास्वपाको ३८४ जना उम्मेदवार

    रास्वपाको केन्द्रीय सदस्यको लागि ३८४ जनाले उम्मेदवारी दिएका छन् । महाधिवेशन...

रास्वपा महाधिवेशन : भोट हाल्न एकजनालाई १० मिनेट लाग्ने

    रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले जारी महाधिवेशनमा मतदान सुरु हुन अझै दुई...