यी व्यापारीहरु यसरी पो भएका रहेछन करोडपति,भाटभटेनीको यस्तो पाइयो डरलाग्दो धन्धा



भाटभेटनी डिर्पाटमेन्ट स्टोरका मालिक मीन बहादुर गुरुङ र बाजेका सेकुवाका मालिक चेतन भण्डारीहरु कसरी दिन प्रति दिन नयाँ नयाँ शाखा खोल्न सक्ने हैसियतमा पुगे रु अर्थात नेपालका नामै चलेका व्यापारीहरु के सच्चा व्यापारै गरेर यसरी अर्वपति बन्न सफल भएका हुन त रु पक्कै होइन ।

 

यस्तो किन भनिएको हो भने बाजेको सेकुवाका मालिक भण्डारी समेत ३३ किलो सुन तस्करी काण्डमा मुछिएका छन् । सुन तस्करीमा लगानी गरेको भेटेपछि प्रहरीले भण्डारीको सम्पत्ति र बैंक खाता रोक्का गर्न पत्राचार समेत गरेको छ । भण्डारी यस अगाडि सानम शाक्य हत्या प्रकरणमा छानबीनमा परेका व्यक्ति हुन् । यता हालै मात्र सार्वजानिक भएको महालेखापरीक्षकको ५५ औं वार्षिक प्रतिवेदनले अर्को व्यवसायी मीन बहादुर गुरुङको डरलाग्दो धन्दा पर्दाफास भएको छ ।

जग्गा किनेर डिपार्टमेन्ट स्टोरलाई भाडामा दिँदा प्राप्त आयलाई व्यवसायको आयमा समावेश गर्दा नपुग भएको २५ प्रतिशत कर ३ करोड ८ लाख रुपैयाँमा लाग्ने शुल्क तथा ब्याजसमेत असुल गर्नुपर्ने उल्लेख छ । गुरुङले सुरुमा आफ्नो नाममा जग्गा किन्ने र त्यसमा भवन तथा अन्य संरचना बनाई आफ्नै डिपार्टमेन्ट स्टोरलाई लिजमा दिने गरेको खुलेको छ । जग्गा किनेर डिपार्टमेन्ट स्टोरलाई भाडामा दिँदा प्राप्त आयलाई व्यवसायको आयमा समावेश गर्दा नपुग भएको २५ प्रतिशत कर ३ करोड ८ लाख रुपैयाँमा लाग्ने शुल्क तथा ब्याजसमेत असुल गर्नुपर्ने  प्रतिवेदनमा उल्लेख छ । डिपार्टमेन्ट स्टोरलाई सम्बद्ध सञ्चालकले विभिन्न ८ स्थानमा जग्गा भाडामा दिई आर्थिक वर्ष २०७१÷७२ र २०७२ ÷७३ मा १२ करोड ८४ लाख भुक्तानी लिएको आधारमा महालेखाले सो कुरा प्रतिवेदनमा उल्लेख गरेको हो ।

ठूला करदाता कार्यालयअन्तर्गतको समेत डिपार्टमेन्ट स्टोरको सञ्चालक रहेका व्यक्तिले आफ्नो नाममा जग्गा खरिद गरी सो जग्गामा बनेको भवन तथा संरचना आँफै सञ्चालक भएको डिपार्टमेन्ट स्टोरको लिज होल्ड सम्पत्तितर्फ लेखाङ्कन गरेको प्रतिवेदनमा छ । सञ्चालकको सो जग्गा भाडा दिने उद्देश्यले खरिद गरी सम्बद्ध निकायलाई भाडामा लगाई व्यावसायिक कारोबार गर्दा आय प्राप्त गर्ने तर कर कट्टी नगर्दा राज्यलाई ठूलो नोक्सानी भएको प्रतिवेदनमा उल्लेख छ । विश्वकै अर्वपति दहरिएका विनोद चौधरी,उपेन्द्र महत्तो,रुपज्योती,राजेन्द्र खेतान लगायतका ठूला भनिएका व्यापारिक घरानाहरुले यसैगरी करमा तर मार्दै गैरकानुनी धन्दाबाट अकुत आर्जन गर्दै आएका छन् । सरकारी कर्मचारीहरु समेत मिलाउन सक्ने क्षमता हुँदा उनीहरुका यस्ता कर्तुतहरु भने बाहिर आउन पाँउदैन् अर्थात भित्रभित्रै सामसुम पारिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्