मगर फिल्मकी नायिकाको बलात्कार पछि हत्या गर्नेलाई २५ वर्ष जेल सजाय,यस्तो थियो घटना



हाम्रो इकोनोमि

नेहा पुन (योरुना) हत्याका आरोपी सतिश भनिने किर्तन खड्गीलाई कास्की जिल्ला अदालतले दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ । नेहाकाे बलात्कारपछि हत्या भएको थियो।

जिल्ला न्यायाधीश रमानाथ पौड्यालको इजलासले आइतबार किर्तनविरुद्ध कर्तब्य ज्यानमा सर्वस्वसहित जन्मकैद र जबर्जस्ती करणी उद्योगमा ५ वर्ष कैदको फैसला गरेको हो । कीर्तनविरुद्ध २०७२ फागुन १५ गते हत्या आरोपमा मुद्दा दायर भएको थियो। त्यसयता उनी पुर्पक्षका लागि थुनामा थिए।

घटनास्थलको मुचुल्का र किर्तनको साविति बयान मिलेकाले किर्तनले नै हत्या गरेको ठहर्ने दाबी जाहेरवालाका वकिलले गरेका थिए । मुद्दामा जाहेरवालाको तर्फबाट जिल्ला सहायक न्यायधीवक्ता नवराज रेग्मी र अधिवक्ता सुरेन्द्र थापा मगर र किर्तनको तर्फबाट दुर्गेशराज पन्त र माधवी पाण्डेले बहस गरेका थिए ।

कास्कीको  नयाँगाउँ घर भई पोखराको न्यूरोडस्थित स्माइल क्याफेमा कार्यरत १९ वर्षिय नेहा पुन (योरुना)को शब २०७२ माघ १९ गते विहान उनकै घरनजिकै भेटिएको थियो । घटनाको प्रारम्भिक अनुसन्धानमा माघ १८ गते राति किर्तनले नेहालाई घर पुर्‍याइदिने भन्दै मोटरसाइकलमा राखेर लगेका थिए । घर नपुग्दै लेकसाइड जाउँ भन्दै यौन प्रस्ताव राखेको र नेहाले अस्वीकार गरेपछि हेलमेटले टाउकोमा हिर्काएको किर्तनले अनुसन्धानका क्रममा स्विकारेका थिए।

हेलमेटले लागेर नेहा ढलेकी थिइन्।  त्यसपछि पनि यौन सम्पर्क गर्न खोज्दा रगत देखेपछि घटनास्थलबाट भागेको किर्तनले बयानमा उल्लेख गरेका थिए।  मगर फिल्मकी नायिका समेत रहेकी नेहाको हत्यामा किर्तनलगायत अरुको पनि संलग्नता रहेको भन्दै नेहाका आफन्त र शुभेच्छुकले अन्यलाई भने जोगाउन खोजिएको आरोप लगाएका छन्। उनीहरुले पटकपटक जुलुश प्रर्दशन गरेका छन्। जिल्ला अदालतले गरेको फैसला अनुसार किर्तनले अब २५ वर्ष जेल सजाय भोग्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस
देशको परिस्थिति सहज छैन : प्रचण्ड

    पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशको परिस्थिति...

अब प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिने कि नदिने : एमाले

    प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) ले सुनसरी घटनाको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री...

चितवनमा देशकै ठूलो इन्धन भण्डारण गृह निर्माण सुरु

     इन्धन आपूर्तिको दीर्घकालीन सुरक्षा र भण्डारण क्षमता बढाउने रणनीतिक योजना अन्तर्गत...

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सर्वसम्मत

     निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सर्वसम्मत अनुमोदन भएको...