देउवालाई शशांकको साथ,७० वर्ष काटेका रामचन्द्रलाई शशांकले भने-‘तपाईं धेरै उत्तेजित नहुनुहोस्’



नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई उत्तेजित नहुन आग्रह गरेका छन्।
सोमबार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकारसँग कुरा गर्दै महामन्त्री कोइरालाले वरिष्ठ नेता पौडेलले चुनाब हारको जिम्मेवारी केन्द्रीय समतिले लिने भन्ने निर्णय बहुमतीय पक्रियाबाट भएको भन्ने प्रतिक्रियाको खण्डन गर्दै उत्तः निर्णय सहमतिमा भएको दावी गरे।

पौडेलले चुनाव हारको जिम्मेवारी केन्द्रीय समतिले नभइ सभापति देउवाले लिनु पर्ने अडान राख्दै आए पनि हारको जिम्मेवारी केन्द्रीय समितिले लिने निर्णय कांग्रेस केन्द्रीय समितिमा भएको थियो। ‘यो निर्णय सर्वसम्मत रुपमा भएको हो’, उनले भने, ‘म रामचन्द्र दाईलाई उत्तेजनामा आएर नबोल्न आग्रह गर्दछु।’

महामन्त्री कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेलको सहमतिमै पदाधिकारी मनोनयन गर्न सोमबार बोलाइएको निर्वाचित केन्द्रिय सदस्यहरुको बैठक शुक्रबारसम्मका लागि स्थगित गर्न सभापति देउवासँग आग्रह गरेको पनि स्पष्ट पारे।

महामन्त्री कोइरालाले शुक्रबार बस्ने पार्टीको केन्द्रिय निर्वाचित सदस्यहरुको बैठकले पदाधिकारी मनोनयन गर्ने दावी पनि गरे। शुक्रबारको बैठकमा वरिष्ठ नेता पौडेल पक्षलाई ल्याउने जिम्मवारी आफूको पनि भएको उनको भनाइ थियो।

महामन्त्री कोइरालाले पार्टीलाई एकतावद्ध बनाएर अघि लैजानुको विकल्प नरहेको पनि बताए। उनले वामपन्थीहरु एक भएका बेला पार्टीलाई एकतावद्ध बनाएर लैजानु आफू अग्रसर भएको पनि स्मरण गराए। शीर्ष नेताहरुबीचको सहमतिमै पार्टीलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गर्दै उनले पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढ्ने बताए।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्