जडिबुटीमा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु , चालक प्रहरी खोरमा
राजधानीको जडिबुटीमा ट्रिपरले मोटरसाइललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुरको सल्लाघारीका १८ वर्षीय रोयल सुवेदी छन् । घटनामा मोटरसाइकल चालक १७ वर्षीय अमन ढुंगेल घाइते भएका छन् । महानगरीय ट्राफिक महाशाखाका एसपी सुरेन्द्र मैनालीका