केसीको मागमा वालुवाटारमा यसरी भयो अनौपचारिक सहमति,सहमतिका विषय गोप्य



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले अनसनरत डा. गोविन्द केसीको मागको विषयमा बुधबार चिकित्सा क्षेत्रका विज्ञहरुसँग छलफल गरेका छन् ।

 

प्रधानमन्त्रीले चिकित्सा शिक्षा सुझाव कार्यदलका संयोजक केदारभक्त माथेमा, मेडिकल काउन्सिलका अध्यक्ष धर्मकान्त बास्कोटा, त्रिवि शिक्षण अस्पतालकी डा. दिव्यासिंह शाहलगायतसँग छलफल गरेका हुन् ।

 

छलफलका क्रममा ओलीले चिकित्सा शिक्षाको विषयमा डा. केसी र आफ्नो समान मत भए पनि उनको मागमा राजनीति भइरहेको जिकिर गरे । उनले डा. केसीको स्वास्थ्य अवस्थाबारे चासो व्यक्त गर्नुका साथै र मंगलबार डा। केसी पक्ष र सरकारबीचको वार्ताबारे जानकारी लिएका थिए ।

 

छलफलमा सहभागी नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले डा। गोविन्द केसीको मागका विषयमा चरणवद्ध छलफलपछि करिब सहमति नजिक पुगेको बताए । यद्यपि सहमतिका विषय भने सार्वजनिक गरिएको छैन ।

 

‘धेरै विषयमा सकारात्मक छ, पछि हट्ने अवस्था छैन । सहमति लगभग भएको छ । भत्काउने प्रयास भए पनि यो विषय टुंगोमा पुर्‍याउनुपर्छ भनेर प्रधानमन्त्री सकारात्मक रुपमा लाग्नुभएको छ ।’

 

नेम्वाङले संसदमा पेश भएको चिकित्सा शिक्षा विधेयक फिर्ता नहुने तर डा। केसीको वार्ता टोलीले मंगलबार दिएको लिखित सुझावहरु समेट्ने बताएका छन् । बुधबार नै डा. गोविन्द केसी र सरकारी वार्ता टोलीबीच शिक्षा मन्त्रालयमा वार्ता हुँदैछ ।

 

प्रतिक्रिया दिनुहोस
भदौका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । साउनको...

मलाई अध्यक्षबाट हटाएर त देखाऊ, के हुन्छ : केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्षबाट हटाएर देखाउन खुला...

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

    भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज (३१ साउन) समापन...

नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले बढ्यो

    नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म रु आठ...