सुत्केरी ब्यथाले थलिएकी महिलाको हेलिकप्टर मार्फत् उद्धार



हाम्रो इकोनोमि

सुत्केरी व्यथाले थलिएकी एक महिलाको हेलिकप्टर मार्फत् उद्धार गरिएको छ । थलारा गाउँपालिका( ७ कि धुमा सार्कीलाई उपचारका लागि हेलिकप्टरबाट कोहलपुर मेडिकल कलेज लगिएको हो । सरकारका तर्फबाट यसरी विरामीको उद्धार गरिएको यो बझाङको पहिलो घटना हो ।

मंगलबार शल्यक्रिया मार्फत बच्चा जन्माएकी २५ वर्षीया धुमाको रक्तश्राव नरोकिएपछि प्रदेश नं ७ को सामाजिक विकास मन्त्रालयले एयरलिफ्ट सेवा दिएर उनको उद्धार गरेको हो। अत्याधिक रक्तश्रावका कारण उनी दुई दिनदेखि बेहोस थिइन्।

प्रदेश नं ७ का सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीका अनुसार मंगलबार साँझ मनाङ एअरको हेलिकोप्टरबाट कोहलपुर लगेर धुमाको उपचार थालिएको छ। उनको स्वास्थ्य अवस्था सुधार हुँदै गएको भए पनि अस्पतालमा आइसियूमा राखेर उनको उपचार भइरहेको छ। उनको बच्चाको अवस्था राम्रो रहेको छ।

धुमाले बझाङ जिल्ला अस्पतालमा मंगलबार नै बच्चा जन्माएकी थिइन। शल्यक्रियाबाट उनको बच्चा जन्मिए पनि रक्तश्राव नरोकिए पछि उनलाई थप उपचारको लागि नेपालगन्ज रेफर गरिएको थियो। गाडीबाट नेपालगन्ज लैजाँदा करिब २ दिन लाग्ने र उनको ज्यान झन खतरामा पर्ने भएपछि उनलाई एयरलिफ्ट गर्नका लागि गाउँपालिका अध्यक्ष भुवनेश्वर उपाध्याय, प्रतिनिधि सभा सदस्य भैरवबहादुर सिंह, जिल्ला अस्पतालका डाक्टर अनुप रेग्मी र प्रमुख जिल्ला अधिकारी प्रेमसिंह कुँवरले पहल गरेका थिए।

बच्चा पाए लगत्तै उनको रक्तश्राव बढेको र फोक्सो तथा कलेजोमा समस्या आए पछि काँप्दै धुमा बेहोस भएको जिल्ला अस्पतालका डाक्टर अनुप रेग्मीले बताए। ‘सबैको प्रयासले उनको ज्यान बचेको छ,’रेग्मीले भने, ‘समयमा हेलिकप्टर नआएको भए केही घण्टा भित्रै उनको मृत्यू हुने खतरा थियो।’सा

माजिक विकास मन्त्रालयले धुमालाई हेलिकप्टरबाट उद्धार गर्दा पाँच लाख खर्च लागेको जानकारी दिएको छ। बझाङमा रहेको एक मात्र विमान स्थल बन्द भए पछि यहाँबाट बाहिर जिल्ला रेफर गरिएका कतिपय विरामीहरुले समयमा नै उपचार नपाउदा बाटैमा ज्यान गुमाउने गरेका छन। एक मात्र विकल्पको रुपमा रहेको जयपृथ्वी राजमार्ग पनि बर्खामा दिनहुँ जसो पहिरोका कारणले बन्द हुन थाले पछि रिफर गरिएका विरामीहरुको स्वास्थ्यमा झन जोखिम हुने गरेको छ।

 

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...