व्यवहारिक शिक्षालाई अगाडी बढाउने बिषयमा सरकारले नयाँ योजना बनाउछ प्रम ओली



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालाई कसरी अगाडी बढाउने भन्ने बिषयमा सरकारले नयाँ योजना बनाइरहेको बताउनुभएको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको दशौ सभा बैठकलाई आज बालुवाटारमा उद्धघाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

कुन क्षेत्रमा कति जनशक्ति आवश्यक हुन्छ सो अनुसार शिक्षण संस्था खोल्नु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । अध्ययन नगरी जथाभावी खोलिएका शिक्षण संस्थाका कारण योग्यताको प्रमाण पत्र व्यक्तिको लागि गौरव भन्दा पनि पिडाको बिषय भएको प्रधानमन्त्री ओलीको भनाइ छ । “चाहिएको छ कृषि विज्ञ प्रमाण पत्र छ अरु नै बिषयको यस्तो भएपछि मान्छे बेरोजगार हुन्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “अनि प्रमाण पत्र पाउँदाको उत्साह केही दिन मै पिडामा बदलिन्छ ।”

सरकारले सबै क्षेत्रको अध्ययन गरेर कहाँ कति जनशक्ति आवश्यक छ सोही अनुसार शिक्षण संस्था खोल्नका लागि सिफारिस गरिने प्रधानमन्त्री ओलीले बताउनुभयो ।

 

नेपाललाई लामो समय गरिब बनाएर खाना लाउन बाहेक अन्यत्र ध्यान दिन नसक्ने अवस्थामा पु¥याएको प्रधानमन्त्री ओलीले बताउनुभयो । “तर अब त्यो अवस्था बाँकी रहेन ” प्रधानमन्त्री ओलीले भन्नुभयो “अब नेपालीहरु खान र लाउनबाट माथी उठेर अन्य आवश्यकताको गुणस्तरीय परिपूर्तीमा लाग्न सक्ने अवस्थामा पुगेका छन् ।”

 

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...