​अमेरिकामा नेपाली महिलामाथि अन्धाधुन्ध गोली प्रहार, यस्तो रहेछ कारण



हाम्रो इकोनोमि

संसारका मानिसहरुको सपनाको देश भनेर चिनिनि अमेरिकामा नेपालीहरु भने दिनदिनै असुरक्षित हुने क्रम जारी छ । नेपालमा अमेरिकी नागरिकलाई जुका र लामखुट्टेले टोकेमा मात्रै पनि ट्राभल एडभाइजरी जारी गर्ने अमेरिकामा एक नेपाली युवतीलाई आठ गोली दागेर मरणाशन्न अवस्थामा पु¥याइएको छ ।

नेपालको गोरखा घर भएकी रचना श्रेष्ठलाई अमेरिकाको एटोका शहरमा रहेको पेट्रोल पम्प नजिकै काम गरिरहेकै स्थानमा सोही देशका नागरिक १८ वर्षीय जिमुन टेज नामक युवकले आठ गोली दागेर लुटपाट गरेका छन् ।

दृष्टिलाई प्राप्त समाचार अनुसार हिजो मध्यान्ह १२ः१५ बज े ओक्लोहामा रहेको ग्याँसमा काम गरिरहेको बेला श्रेष्ठमाथि अन्धाधुन्ध गोली प्रहार गरिएको उनको श्रीमान कपिल श्रेष्ठले जानकारी दिए । श्रेष्ठकी छोरा साढे दुई वर्षको रहेको जनाइएको छ । घाइते श्रेष्ठलाई हेलिकोप्टरबाट तत्कालै उद्धार गरी तुल्सा शाहरमा रहेको सुविधा सम्पन्न अस्पतालमा पु¥याई उपचार सुरु गरिएको छ । यद्यपि उनी खतरामुक्त भने भइसकेकी छैनन् । खुट्टा, कुम, पाखुरा र मुटुको तल्लो भागमा गोली लागेको उनको शल्यक्रिया गरी गोली निकाल्ने प्रयास भइरहेको छ ।

गत सोमबार अमेरिकाकै भर्जिनियास्थित ह्यान्डी मार्ट नामक पेट्रोल पम्प नजिकै रहेकी नेपाली युवतीमाथि अन्धाधुन्ध गोली प्रहार भएको थियो । दुई दिनको बीचमा दुई नेपालीमाथि अन्धाधुन्द गोली प्रहार हुँदा समेत नेपालको परराष्ट्र मन्त्रालयले नागरिकको सुरक्षा चासो राख्न नसकेको अमेरिकामा रहेको नेपालीबीच छलफल चलेको छ ।
तीन साताअघि भर्जिनियामा नेपाली रेशम बजागाईको लुटेराहरुले पिटेर हत्या गरेका थिए । अमेरिकामा नेपालीहरु दिनदिनै असुरक्षित हुन थालेपछि त्यहाँ रहेका नेपालीहरु चिन्तित हुन थालेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
भदौका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । साउनको...

मलाई अध्यक्षबाट हटाएर त देखाऊ, के हुन्छ : केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्षबाट हटाएर देखाउन खुला...

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

    भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज (३१ साउन) समापन...

नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले बढ्यो

    नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म रु आठ...