विमलेन्द्र निधिले भने अबको सभापति मै हो, देउवा रामचन्द्र यसरी हुन्छन आउट



हाम्रो इकोनोमि

 

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले आफू आगामी सभापतिको दावेदार भएको संकेत गरेका छन् । उनले नेपाली काँग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाको नाम जोडेर आफू सभापतिको प्रमुख दावेदार भएको जनाउ दिएका हुन् ।

 

नेपाल प्रेस युनियनको केन्द्रीय समिति बैठकमा संवोधन गर्ने क्रममा उपसभापति निधिले ड्यासमै रहेका बीपी पुत्र एवं महामन्त्री डा शशांक कोइरालातिरै फर्केर भने, ‘बीपीसंग मेरो राम्रो सम्बन्ध थियो । म बीपीको यति नजिक थिएँ कि आफ्नै परिवारको जस्तो । मेरो बीपीको सम्पत्तिमा हक लाग्दैनथ्यो त्यसबाहेक निकै नजिक थिएँ ।’

 

निधिले त्यसरी आगामी सभापतिको लागि भाषण दिइरहँदा महामन्त्री कोइरालाले उनलाई गहिरिएर नियालिरहेका थिए । यसको जवाफ भने कोइरालाले दिन पाएनन् । किनकि कोइरालाले पहिले नै आफ्ना भनाइ राखिसकेका थिए ।

 

सभापतिको दावेदारी अहिलेदेखि ? को को हुन् त ?
२०७२ साल फागुनमा नेपाली काँग्रेसको नेतृत्वका लागि निर्वाचन भएको थियो । शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई अन्तिम भिडन्तमा पराजित गरेका थिए । त्रिपक्षीय भिडन्तमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला तेस्रो भएपछि उनले देउवालाई समर्थन गरेका थिए ।

 

विधान अनुसार देउवाको कार्यकाल चार वर्षको हो । अझै कम्तीमा डेढ वर्ष देउवा नै सभापति हुनेछन् । त्यसपछि उनले कुर्सी छाड्ने छन् । समय हेरेर ६ महिना लम्ब्याउन पाउने छन् । त्यसपछि ईच्छा भयो भने पुनः उम्मेदवार बन्नेछन् ।

 

अहिलेको परिस्थिति हेर्दा देउवाले फेरि सभापति हत्याउन खोज्ने छैनन् । वरिष्ठ नेता रामचन्द्र पौडेल सदावहार दावेदार हुन् । सिटौलाले पनि सोही किसिमको लबिङ थालिसकेका छन् ।

 

उपसभापतिको हैसियतले निधि पनि त्यसका दावेदार हुन् । लामो समय बाँकी रहे पनि निधिले प्रसंग पारेर आफ्नो कुरो राखिसकेका छन् ।

 

त्यसैगरी महामन्त्री पनि सभापतिको दावेदार हुने भएकाले डा कोइराला पनि दावेदार हुन् । त्यसबाहेक दृष्यमा देखिने सभापतिका दावेदारमा प्रकाशमान सिंह, डा शेखर कोइराला, पूर्णबहादुर खड्का, डा रामशरण महत, सुजाता कोइराला, अर्जुन नरसिंह केसी आदिआदि…….।

प्रतिक्रिया दिनुहोस
भदौका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । साउनको...

मलाई अध्यक्षबाट हटाएर त देखाऊ, के हुन्छ : केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्षबाट हटाएर देखाउन खुला...

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

    भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज (३१ साउन) समापन...

नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले बढ्यो

    नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म रु आठ...