अमेरिकी डलर ओरालोतर्फ : रेमिट्यान्स पठाउनेलाई घाटा, आयातमा राहत
पाँच महिनाअघि झण्डै १२० रुपैयाँसम्म पुगेको डलरको भाउ घटेर आज (मंगलबार) १०९.९५ रुपैयाँमा झरेको छ । गत असोज २४ गते डलरको भाउ सर्वाधिक महंगो (एक डलरको ११९.३३ रुपैयाँ) थियो । त्यस यता एक डलरको मूल्य ९.३८ रुपैयाँले घटेको छ