निर्मला पन्त प्रकरणः कालो मान्छे खोज्दै प्रहरी



हाम्रो इकोनोमि

 

नेपाल प्रहरीका धेरै अनुसन्धान अधिकृतले बिभिन्न तरिकाबाट अनुसन्धान गरे पनि कुनै सुइको नपाएको निर्मला पन्त बलात्कार र हत्या प्रकरणले नयाँ मोड लिएको छ ।

अनुसन्धानको दायरामा आएका एक व्यक्ति अहिले फरार भएपछि घटनाले नयाँ मोड लिएको हो । घटनास्थलमा ढेड बर्षदेखि अश्लिल हर्कत गर्दै आएका ति व्यक्ति निर्मलाको बलात्कार र हत्या पश्चात देखिन छाडेपछि प्रहरीले अनुसन्धान त्यता मोडेको हो । तर त्यो व्यक्ति को थियो, काँहाबाट आयो र काँहा गयो भन्नेबारे नेपाल प्रहरी अनभिज्ञ छ ।

एक युवतीको बयानको आधारमा अनुसन्धानमा जुटेको प्रहरी टोलीले ति कालो मान्छे भन्नेको स्केज तयार पारेर खोजि तिब्र पारेको छ । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

निर्मला प्रकरणकै समयमा ति व्यक्तिलाई दुध पु-याउन जाने, ड्राईभिङ सिकेर फर्किँदै गरेको एक युवती लगायत १६ जनाले देखेका थिए । केटा देख्ने बित्तिकै खोला किनाराको रुखमा लुक्दै आएका ति कालो व्यक्तिले युवती उक्त बाटोमा हिडेको देख्ने बित्तिकै बाटोमा अश्लिल हरर्कत देखाउँदै आएका थिए ।

उसको हर्रकतले आजित बनेका गाँउलेले उक्त कुरा वडा अध्यक्षसम्म पु¥याएका थिए । वडा अध्यक्षको रोहवरमा प्रहरी लगाएर त्यो कालो मान्छे बस्ने झाडी फाँडेपछि ति व्यक्ति उखुबारीमा बस्ने थालेको प्रहरीको अनुसन्धानबाट खुलासा भएको छ ।

सोही उखुबारीमा निर्मलाको बलात्कार पश्चात हत्या भएको थियो । निर्मलाको घटना पश्चात ति व्यक्ति सो क्षेत्रमा नभेटिएपछि उनीमाथि शंका गर्दै प्रहरीले अनुसन्धानलाई तिब्र पारेको हो ।

प्रहरीको अनुसन्धानको घेरामा जोडिएका ति व्यक्तिले ढेड बर्षको अबधिमा १६ जना युवतीमाथि बलात्कारको प्रयास गरेको समेत खुलासा भएको छ ।

काला व्यक्ति भनिएकाले एकै युवतीलाई दश पटकसम्म बलात्कारको प्रयास गरेको प्रहरीको अनुसन्धानबाट अहिले खुलासा भएको हो । अनुसन्धानमा जुटेको प्रहरी स्रोतका अनुसार तिनै व्यक्तिले निर्मलाको बलात्कार पश्चात हत्या गरेको हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...