उपेन्द्र यादवको पार्टीमा पूर्वडीआईजी पार्वती थापा प्रवेश



हाम्रो इकोनोमि

 

पूर्वडीआईजी पार्वती थापा उपेन्द्र यादवको संघीय समाजवादी फोरम पार्टीमा प्रवेश गरेकी छिन ।   नेपाल प्रहरीकी पूर्वडीआईजी पार्वती थापा राजनीतिमा लागेकी छन् । विभिन्न पेशा–व्यवसायमा आवद्ध व्यक्तिहरु राजनीतिमा प्रवेश गर्ने क्रम चलिरहेका बेला थापा औपचारिक रुपमै संघीय समाजवादी फोरम प्रवेश गरेकी हुन् । संघीय समाजवादी फोरमकी उपाध्यक्ष रेणु यादवले  थापा औपचारिक रुपमा आफ्नो पार्टीमा प्रवेश गरेको पुष्टि गरिन् ।

 

 

प्रहरी सेवाबाट बिदा लिएपछि थापा गुमनामजस्तै थिइन् । सामाजिक गतिविधि तथा दलहरुमा उनी संलग्न देखिएकी थिइनन् । तर, त्यसको केही वर्षपछि उनले फोरम प्रवेश गरेर सक्रिय राजनीति गर्ने संकेत गरेकी छन् । पार्टी प्रवेश गरेकी थापालाई कुन जिम्मेवारी दिइएको छ भन्नेबारे भने फोरमले केही बताएको छैन ।

 

नायब प्रहरी महानिरीक्षकबाट अवकाश पाएकी थापा नेपाल प्रहरीको इतिहासमा महानिरीक्षकको योग्यता पु¥याउने पहिलो महिला हुन् । तर, उनीभन्दा ११ महिनाले जुनियर उपेन्द्रकान्त अर्यालले उनलाई पछि पार्दै महानिरीक्षकमा बाजी मारेका थिए । यसबाट इतिहास रच्ने अवसरको नजिक पुगेर पनि थापा बञ्चित बनिन् ।

 

पछि उनी दलहरूले अन्याय गरेको भन्दै न्यायालयको ढोका ढक्ढकाउन पुगेकी थिइन् । तर समयक्रममा उनै थापा राजनीतिमा प्रवेश गरेकी छन् । राजनीतिक दलकै छहारी लिने निर्णयमा पुग्नुको कारणबारे थापाले केही खुलाएकी छैनन् ।

 

प्रहरी सेवामा रहेर दल प्रवेश गर्ने शिलशिला केही समयदेखि जारी छ । पूर्वप्रहरी महानिरीक्षकलगायतका पद सम्हालेकादेखि महत्त्वपूर्ण जिम्मेवारी लिएका व्यक्तिहरू दल प्रवेश गरेर सार्वजनिक पद धारण गरिरहेका छन् ।

 

यसअघि मात्रै डीआईजी नवराज सिलवाल नेकपा प्रवेश गरेका थिए । तत्कालीन एमालेबाट ललितपुर–१ मा उम्मेदवारी दिएका सिलवाल हाल संघीय संसदका सांसद् छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...