अमेरिकी डलर ओरालोतर्फ : रेमिट्यान्स पठाउनेलाई घाटा, आयातमा राहत



हाम्रो इकोनोमि

 

पाँच महिनाअघि झण्डै १२० रुपैयाँसम्म पुगेको डलरको भाउ घटेर आज (मंगलबार) १०९.९५ रुपैयाँमा झरेको छ । गत असोज २४ गते डलरको भाउ सर्वाधिक महंगो (एक डलरको ११९.३३ रुपैयाँ)  थियो ।  त्यस यता एक डलरको मूल्य ९.३८ रुपैयाँले घटेको छ ।

 

नेपालको अर्थतन्त्रमा रेमिट्यान्सको पनि योगदान रहेकाले डलर कमजोर हुँदा रेमिट्यान्स घट्नेछ । विदेशमा बसेका नेपालीले पठाएको रेमिट्यान्स साँट्दा कम मूल्य पाउनेछन् ।

 

अर्कोतर्फ हाम्रो जस्तो आयातमुखी अर्थतन्त्र भएको देशमा डलरको भाउ घट्दा आयातित सामानको भुक्तानीमा कम भार पर्नेछ । डलर तिरेर विदेशबाट ल्याएको सामानको मूल्य कम पर्नेछ ।

 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई आधार मान्ने हो भने अमेरिकी केन्द्रीय बैंकले केही समय ब्याज नबढाउने घोषणा गरेपछि डलर ओरालोतर्फ लागेको हो ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...