एउटा नामुद ठग, जस्ले रेखा थापासँग फिल्म खेले, दर्जन युवाको करोडौ रकम ठगे



हाम्रो इकोनोमि

 

चर्चित अभिनेत्री रेखा थापाद्धारा निर्मित ‘हिम्मतवाली’ चलचित्रमा अभिनय गरेर हिरो बनेका सुर्दशन गौतम यतिबेला ठगी अभियोगका फरार अभियुक्त बनेका छन् । क्यानडाको आवासीय अनुमति र अमेरिकाको ग्रीन कार्ड पाएका सुर्दशनले विदेश लैजाने नाममा दर्जनौ युवाबाट करोडौ रकम ठगी गरेको प्रहरीले बताएको छ ।

 

दुई हात गुमाएका गौतमले सगरमाथा आरोहण गरेपछि उनी चर्चामा आएका थिए भने त्यही बेला उनले रेखा थापाको ब्यानरमा बनेको चलचित्रमा अभियन गरेका थिए । चलचित्रमा अभिनय गरेपछि कलाकार बनेका गौतमले त्यही पेशालाई लिएर ठगी धन्दा चलाएको प्रहरीले जनाएको छ । कलाकारका नाममा क्यानडा र अमेरिका लैजानेभन्दै दाङदेखि रोल्पासम्मका युवाहरुबाट करोडौ रकम ठगी गरेको प्रहरीले जनाएको छ ।

 

गौतमले ठगीको धन्दा सञ्चालन गरेपछि उनी नेपाल फर्किन सकेका छैनन् भने प्रहरीले फरार सूचिमा नाम राखेको छ । अमेरिका र क्यानडामा बस्दै आएका सुर्दशनलाई पक्राउ गर्न नेपाल प्रहरीले अन्तराष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) लाई पत्राचार गरिसकेको छ । इन्टरपोलबाट रेड कर्नर नोटिस जारी गराउन नेपाल प्रहरी लागि परेका छ ।

 

काठमाडौ जिल्ला अदालतले गौतमलाई ३ साउनमा पक्राउ पूर्जी जारी गरेको थियो भने २३ साउनमा नेपाल प्रहरीले इन्टरपोललाई पत्र लेखेको थियो । त्यसयता इन्टरपोलसँग नियमति सम्पर्क भइरहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीले रेडकर्नर नोटिस जारी गर्न पत्राचार गरेपनि इन्टरपोलले अझै नोटिस जारी गरेको छैन । नेपालबाट फरार भएका गौतमलाई पक्राउ गर्न प्रहरीले इन्टरपोलको सहायता लिएको छ ।

 

अमेरिका र क्यानडा लैजानेभन्दै युवाहरुको मानव तस्वकरी गरिरहेका गौतमले करोडौ रकम ठगी गरेका छन् । केही समयअघि मात्र उनीबाट दाङका पाँच युवा ठगिएका छन् । क्यानडा लैजाने नाममा उनीहरुलाई समुद्रीक बाटोबाट पाँच देश पुरयाइयो । अन्तः उनीहरु ६ महिना विदेशी जेलमा बसेर नेपाल फर्केका छन् । उनीहरु ६ महिना जेलमात्र बसेनन् करोडौ रकम पनि गुमाएको प्रहरीले जनाएको छ ।एस काठमाण्डौबाट

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...