अझै तीन दिन भारी बर्षा, कहाँ–कहाँ छ बाढी, पहिरो र डुबानको बढी जोखिम ?
देशभर मनसुन थप सक्रिय बन्दै गइरहेको छ । केहि दिनदेखि विभिन्न जिल्लाका जनधनको ठूलो क्षति गराइरहेको बर्षाको वितण्डा अझै केहि दिन जारी रहने मौसमविदले जनाएका छन् । अझै तीन दिनसम्म देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका