सुनको मूल्य एकैदिन ६ हजार दुई सय घट्यो



हाम्रो इकोनोमि

 

लगातार उकालो लाग्दै गएको सुनको मूल्य बुधबार एकैदिन ६ हजार रुपैयाँले घटेको छ। मंगलबार (हिजो) एक लाख १ हजार ६ सयमा कारोबार भएको सुन बुधबार एकैदिन ६ हजार दुई सयले घटेर ९५ हजार ४ सयमा कायम भएको सुनचाँदी व्यवसायी महासघंले जनाएको छ। यसअघि सुनको मूल्य लगातार बढेर एक लाख साढे तीन हजारसम्म पुगेको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १८ सय ७६ अमेरिकी डलरमा कारोबार भइरहेको छ। सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै घटबढ भएर त्यसको असर नेपालमा समेत देखिएको महासंघले बताएको छ।

आज चाँदीको मूल्य पनि घटेर १२ सय १० रुपैयाँमा पुगेको छ। अघिल्लो दिन १४ सय ३५ रुपैयाँमा कारोबार भएको सुन एकैदिन २ सय २५ रुपैयाँले घटेको सुनचाँदी व्यवसायी महासघंले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...