नेपालमा कोरोनाबाट मृत्तक संख्या ९० पुग्यो



हाम्रो इकोनोमि

 

नेपालमा लकडाउन अन्त्य गरिएसँगै कोरोना संक्रमण र मृत्युदर बढ्न थालेको छ । पछिल्लो २४ घण्टाभित्रै नेपालमा कोरोना भाइरस संक्रमणका कारण सात जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टाभित्र ललितपुरमा चार जना, मोरङ, रुपन्देही र सप्तरीमा एक–एक जनाको कोरोनाका कारण ज्यान गएको छ ।

पाटन अस्पतालमा उपचाररत जनकपुरकी ३८ वर्षीया महिला र मेडिसिटी अस्पतालमा उपचार गराइरहेका जनकपुरकै ७१ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख, डाक्टर खगेश्वर गेलालले जानकारी दिएका छन् ।

यस्तै ललितपुरको किस्ट अस्पतालको आईसीयूमा उपचाररत बाराको कलैयाका ७५ वर्षीय पुरुष र टेकुकी ७८ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिएका छन् । उनीहरुले त्रिवि शिक्षण अस्पतालमा भेन्टिलेटर नपाएपछि उपचारका लागि किस्टमा ल्याएपछि उपचारको क्रममा मृत्यु भएको उनले बताएका छन् ।

त्यसै गरी बुटवलको कोरोना विशेष अस्पतालमा कपिलवस्तु नगरपालिका–२ तौलिहवाका ४२ वर्षीय र कपिलवस्तु कृष्णनगरका २५ वर्षीय दुई पुरुषको उपचारको क्रममा मङ्गलबार राति मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुर्दशन थापाले जानकारी दिएका छन् । ज्यान गुमाएका ४२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको र २५ वर्षीय युवकको परीक्षण रिपोर्ट आउँन बाँकी रहेको अस्पतालले बताएको छ ।

यस्तै सुनसरीको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा मोरङको बूढीगंगा गाउँपालिका–२ का ५५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । यस्तै सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ छातापुर घर भई राजविराज नगरपालिका–६ मा बस्दै आएका ८० वर्षीय वृद्धको पनि मृत्यु भएको छ । उनको मृत्युपछि कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९० पुगेको छ ।

लकडाउन खुलेपछि उपत्यकामा मात्र थपिए ९८६ संक्रमित
यता काठमाडौं उपत्यकामा लकडाउन खुलेपछि कोरोना संक्रमितको संख्या दिनहुँ बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार लकडाउन खुल्नुभन्दा अघि साउन ७ गतेसम्म काठमाडौंका तीन वटै जिल्लामा संक्रमितको संख्या ३२८ थियो ।

तर लकडाउन खुलेपछिका २० दिनको अवधिमा ९८६ जना संक्रमित थपिएका छन् । लकडाउनपछि थपिएका संक्रमित लकडाउन भन्दा अघिको तीन गुणा बढी हो । लकडाउन अघि र लकडाउनपछि थपिएका संक्रमितसहित उपत्यकामा १ हजार ३१४ जनामा संक्रमण देखिएको छ । यीमध्ये सक्रिय संक्रमितको संख्या एक हजार १२२ छ ।

हेर्नुस् उपत्यकामा संक्रमित हुनेको विवरण
८ गते ९ जना
९ गते १० जना
१० गते ३ जना
१३ गते ५३ जना
१४ गते १५ जना
१५ गते ४५ जना
१६ गते ३८ जना
१७ गते ६ जना
१८ गते ३१ जना
१९ गते ५१ जना
२० गते ८० जना
२१ गते १०२ ज ना
२२ गते ८७ जना
२३ गते १२४ जना
२४ गते ६२ जना
२५ गते ९२ जना
२६ गते ४४ जना
२७ गते १३४ जना

प्रतिक्रिया दिनुहोस
कांग्रेस सिध्याउने खलनायक गगन थापा हुन : मोहन बस्नेत

     नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले विशेष महाधिवेशनबाट आएकाे नेतृत्वले पार्टीलाई इतिहासकै...

कांग्रेस इतर समूहको शक्ति प्रदर्शन विराटनगरमा

    नेपाली कांग्रेसको संस्थापन इतर पक्षको भेला विराटनगरमा सुरू भएको छ ।...

असारका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  असार महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जेठको...

एमालेको ‘६ ज’ केन्द्रित मिसन जागरण अभियान

    नेकपा एमालेले केन्द्रीय सदस्यहरुलाई पार्टीको गुमेको साख फर्काउदै आगामी स्थानीय र...