चमत्कार नभए पार्टी फुट्छ : पूर्णबहादुर



हाम्रो इकोनोमि

 

कांग्रेसको देउवा समूहबाट टाढिँदै र संस्थापनसँग नजिकिँदै गएका नेता पूर्णबहादुर खड्का अहिले फेरि ढुन्मुनाएका छन् । उनको पछिल्लो अभिव्यक्तिले फेरि देउवा पक्षतिरै ढल्किएको छनक मिल्छ । पछिल्लो समयमा खड्का देउवा पक्षले गरिररहेका समानान्तर गतिविधिहरूबाट टाढा भएका थिए । उनले पार्टी फुटाउने वा समानान्तर महाधिवेशनको पक्षमा आफू नरहेको बताए ।

खड्काले अघि सारेको ८ बुँदे माग (सदस्यता, समायोजन आदि) संस्थापन पक्षले सम्बोधन गरेको भन्दै उनकै नजिकका दर्जनौँ नेता सानेपातर्फ लागे र १५औँ महाधिवेशनमा भाग लिने निर्णय गरे । खड्का आफैं भने रोकिएका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले गगन नेतृत्वको कांग्रेस महाधिवेशनमा कुनै हालतमा सहभागी नहुने घोषणा गरेका छन् । सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा थापा नेतृत्वको महाधिवेशनमा भाग लिनु ‘चरम अनैतिक हुने उनको तर्क छ ।

खड्काले नेपाली कांग्रेस इतिहासकै विषम परिस्थितिमा र विभाजनको अन्तिम डिलमा पुगेको दाबी समेत गरेका छन् । महाधिवेशन नरोकिएपछि उत्पन्न परिस्थितिले पार्टीलाई फुटतर्फ धकेलेको उनको विश्लेषण छ । उनले लेखेका छन्, ‘अब यदि कुनै चमत्कार भएन भने नेपाली कांग्रेस पार्टी विभाजनको अन्तिम डिलमा पुगेको अवस्था छ । तैपनि हामी सम्भावित पार्टी विभाजनलाई रोक्न अन्तिम प्रयास गरिरहेका छौँ । मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक दल विभाजित भएमा कांग्रेसलाई मात्र नभई समग्र लोकतन्त्रमै भयानक बहुआयामिक दुष्प्रभाव पर्न सक्ने भन्दै उनले चिन्ता व्यक्त गरेका छन् । आफू महाधिवेशन प्रक्रियामा सहभागी नहुनुको कारण खुलाउँदै खड्काले विगतको निर्वाचनको सन्दर्भ स्मरण गराएका छन् । आफूहरू अदालत गएको अवस्थामा गगन थापाको हस्ताक्षरको टिकटबाट चुनाव लड्नु अनैतिक हुने ठानेर नै फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा आफू उम्मेदवार नबनेको उनको दावी छ ।

महाधिवेशनको सन्दर्भमा पनि ठ्याक्कै त्यही परिस्थिति दोहोरिएको उनले बताएका छन् । मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म महाधिवेशन रोक्न माग गर्दै दिइएको रिटमा अदालतले रोक लगाउन आवश्यक नदेखेपछि कांग्रेसको नाममा अलग अलग दुईवटा महाधिवेशन हुने अवस्था सिर्जना भएको खड्काले उल्लेख गरेका छन् । विद्यमान राजनीतिक गम्भीरतालाई ख्याल गर्दै पूर्वकार्यवाहक सभापति खड्काले सर्वोच्च अदालतसँग विचाराधीन मुद्दाको यथाशीघ्र अन्तिम किनारा लगाइदिन आग्रह गरेका छन् । उक्त मुद्दालाई अग्राधिकारमा राखेर फैसला गरिदिन अनुरोध गर्दै उनले अदालतको अन्तिम फैसला आफूहरूलाई पूर्ण रूपमा स्वीकार्य हुने समेत स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस
असोज ८ देखि ११ गतेसम्म भारी वर्षाको चेतावनी

   बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण यही ८-१२ असोजसम्म नेपालमा वर्षाको...

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...