नेकपाको बिवाद र चिन्तित कार्याकर्ता



 

राजेन्द्र अर्याल

करिब दुई तिहाइ जनमत प्राप्त गरी सरकार सञ्चान गरिरहेको नेकपाभित्रको अन्तर्संघर्ष चिया पसलदेखि सरकारी अड्डासम्म चासो र बहसको विषय बनिरहेको छ । त्यो पनि तात्तातो । सर्वत्र नेकपाको विवाद उत्कर्षमा पुगेर के पार्टी विभाजन हुने अवस्थामा पुगेको हो ? के अब नेताबीच वारपारको अवस्थामा पुगेको हो ? अब के हुन्छ ? पार्टीमा सहमतिको गन्जायस सकिएकै हो त ? जस्ता खुल्दुलीपूर्ण विषयले नेकपाका नेता, कार्यकर्ता र शुभचिन्तकलाई पिरोलिरहेको छ । त्यति मात्र होइन, यो आमसरोकारको विषय बनेको छ ।

नेकपाभित्रको विवाद वा अन्तर्संघर्षमा कुनै विचार वा सिद्धान्तको लेप देखिँदैन । यो केवल पदीय प्रतिस्पर्धा, पद र प्रतिष्ठाको लडाइँ मात्र भएको विश्लेषण सहजै गर्न सकिन्छ । पार्टीमा हेर्दा एउटै पिँढीका नेता नै लामो समय पार्टी र सत्ता कब्जा जमाएर बसिरहेकै छन् । उनीहरू मूल नेतृत्वमा रहँदा उनीहरूको क्षमता र योग्यताका साथै प्रवृत्ति पनि देखिएकै हो । चाहे त्यो पार्टीको मूल नेतृत्वमा होस् वा संसदीय मोर्चाको । जुन नेतृत्वले समाजलाई हेर्ने पद र प्रतिष्ठालाई हेर्ने आँखा मात्र उघारेको देखिन्छ । जसलाई उनीहरूको विगत हेरेर आगतको अनुमान वा विश्लेषण गर्न कठिन छैन ।

अहिले जे जसरी विधि संस्कार, संस्कृति र प्रवृत्तिको विषय उठाइएको छ, त्यो विषय नेतृत्वले मातहतका कमिटी र संगठनमा कस्तो संस्कारको सन्देश प्रवाह भइरहेको छ ? यो विषय चर्को स्वरमा उठाउनेले पालना गरेका छन् त ? वा ‘ताक परे तिवारी, नत्र गोतामे’ भन्ने उखान चरितार्थ गरेका छन् भन्ने प्रश्न पनि अहं हुन आउँछ । त्यसो त आम रूपमा भत्कदै गरेको पार्टीभित्रको सहकार्यको संस्कृति, पार्टीभित्रका मूल्यमान्यता, नेतृत्वको प्रवृत्ति र मानसिकताले पार्टीलाई कतातिर धकेल्ने हो भन्ने कुराको समीक्षा र गम्भीर चिन्तन हुन जरुरी छ । यी विषयमा शीर्ष नेतृत्व सुधारिनु वा आफैं रूपान्तरण हुन जरुरी छ नै । यो कुराको आँकलन र हेक्का राख्नु नेतृत्वको दायित्वभित्र पर्न आउँछ । यी र यस्ता विषयमा गहिरो चिन्तन र वहस गर्ने कुराले पनि पार्टी र नेतृत्वलाई सही ‘ट्रयाक’ मा लैजान मद्दत पु-याउँछ ।

पार्टीभित्र आत्मसोच, पद, प्रतिष्ठाका हिसाबले मात्र दृष्टिकोण बनाउने अवस्थाले सम्बन्ध केवल साधन र स्रोतको बाँडफाँडमा आँखा लगाइएको छ किनभने आशंका जन्माउँछ । यति मात्र होइन, यसले हाम्रो वैचारिक र सैद्धान्तिक पक्ष कसरी भुत्ते हुँदै छ र स्खलित हुँदै छ भन्ने दृष्टान्त अघि सार्छ । जसले हाम्रा मूल्यमान्यता कसरी भत्किरहेका छन् भन्ने सन्देश प्रवाह भइरहेको छ । देशमा कोरोनाको संक्रमण आगोजस्तै सल्किदै छ, कोरोना महामारीसँगै बाढी, पहिरो र डुबानको प्रकोपबाट मुलुक अकल्पनीय आर्थिक र सामाजिक संकटपूर्ण घडीमा छ । तर, यस विषयमा चुपचाप छन्, सत्तारूढ दलका नेता । न त चासो नै छ, उनीहरूलाई । यस्तो विषम घडीमा सरकारलाई साथ दिँदै यो संकटपूर्ण घडीबाट पार लगाउनुपर्ने सत्तारूढ दलका नेताहरू सत्ता परिवर्तन गर्ने खेलमा उद्धत देखिन्छन् । आफ्नै पार्टीको अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारलाई विस्थापित गराउने धुन्धुकारी योजनामा जुटेका छन्, यतिबेला उनीहरू ।

यसले राजनीतिक स्थिरता, विकास र समृद्धिका लागि भनेर नेकपालाई मत दिएका जनता, यो आन्दोलनका लागि नेताकै विश्वासमा होमिएका युवा र जिन्दगीभर पार्टी र कम्युनिस्ट आन्दोलनका लागि निस्वार्थ भावले जीवन अर्पण गरेका ती तमाम निश्चल नेता तथा कार्यकर्तालाई निराश बनाएको छ, चिन्तित बनाएको छ । त्यति मात्र होइन, यो विषय गर्माउँदै जाँदा उनीमा आक्रोश र असन्तुष्टि पनि बढेको छ । यसबाट राजनीतिप्रतिको वितृष्णा बढ्दो छ भने नेताप्रतिको विश्वास गल्र्यामगुर्लुम्म ढल्न पुगेको छ । नेतृत्वको पदलोलुप प्रवृत्तिका कारण मुलुक एक हिसाबले बन्धक बनेको छ । नेताहरूले बिर्सेको एउटा महŒवपूर्ण पाटो के हो भने ‘बोट रहे फल पटकपटक खान पाइन्छ ।’ तर बोट नै ढाल्ने प्रयास सफल भयो भने फलखान पाइन्छ र ? यो पार्टी बलियो हुँदा यही पुरानै पिँढीका नेता नै पार्टी र संसदीय मोर्चाको नेतृत्वमा कब्जा जमाई रहने त हो नि ।

अहिले नेकपाभित्रको अन्तर्संघर्षभित्र जे भनेर पुष्टि गर्न खोजे पनि पद लोलुपता गन्धबाहेक कुनै विचार, दर्शन वा सिद्धान्तको लेप देखिँदैन । आफ्नै पार्टीको अध्यक्षलाई ढालेर कुनै बहादुरी प्रदर्शन गरेको देखिन्न । पछिल्लो विवादपछि पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले सार्वजनिक रूपमा कसैको व्यक्तिगत आलोचना गर्नुभएको छैन तर उहाँ आफ्नै सहकर्मी जो ‘ग्याङ अफफोर’का रूपमा चर्चामा हुनुहुन्छ । उहाँको प्रहारको निसानामा परिरहनुभएको छ । जसबाट प्रधानमन्त्री ओलीको धरातल कमजोर बनाउन आक्रमण भइरहेको छ । प्रधानमन्त्री ओलीको धरातल कमजोर हुँदा पार्टी अध्यक्ष पुष्पकमल दाहाल वा वरिष्ठ नेताहरू झलनाथ खनाल वा माधव नेपालको धरातल बलियो हुन्छ भन्ने ठान्नु मूर्खताबाहेक केही हुन सक्दैन । त्यसैले जतिसुकै विधि पद्धतिको विचार अघि सारे पनि अन्त्यमा चाहिएको पदै हो, जगतले पनि बुझेको यही हो । तसर्थ, पदमा कुरा मिलेपछि विधि, पद्धतिका कुरा पैतालामुनि पुग्छन् ।

जे होस् केही कमजोरी छन् भने प्रधानमन्त्रीले त्यसलाई सच्चाउन जरुरी छ । तर, यहाँनेर सम्झिनुपर्ने कुरा के हो भने केपी शर्मा ओलीकै नेतृत्वमा संसदीय निर्वाचनमा होमिएर उहाँकै नेतृत्वलाई विश्वास गरेर नेकपाले प्राप्त गरेको जनमत पाँच वर्षका लागि हो । जनताले जनमतको नासो नेकपाको हातमा प्रधानमन्त्री ओलीलाई ढलाउन, अंशबन्डा गर्न दिएका होइनन् । न त जनमत एउटा मासुको हड्डी हो, जहाँ खानका लागि कुकुर झगडा गरून् । त्यसैले जनमतको कदर गर्दै प्रधानमन्त्री ओलीलाई ढुक्कसँग पाँच वर्ष सरकार चलाउन दिनुपर्छ । अरू फैसला जनताले अर्को चुनावमा गर्नेछन् । त्यस्तै, विधि पद्धतिको कुरा गर्ने हो भने पार्टी अध्यक्षबाट हटाउन महाधिवेशनको विकल्प छैन । तसर्थ, यो बिन्दुमा टेकेर पार्टी उपाध्यक्ष वामदेव गौतमले अघि सारेको ६ बँुदे प्रस्तावलाई आधारपत्रको व्याख्यासहित अघि बढ्नुको विकल्प देखिँदैन । यदि यो पार्टी फुटाउने धुन्धुकारी योजनामा कुनै नेता छन् भने त्यो देश, जनता र आन्दोलनका लागि गद्दार साबित हुनेछ । जसलाई इतिहासले सधैंभरि धिकार्नेछ ।

सत्तारूढ दल नेकपाका शीर्ष नेता तथा कार्यकर्ताहरू जनताको मुक्तिका लागि आफ्नो जीवन दाउमा राखेर जुन किसिमको राजनीतिक, सामाजिक र आर्थिक व्यवस्था स्थापनाका लागि लडे, संघर्ष गरे । के त्यो सबै केवल पद प्राप्तिका मात्रै हो त ? यो प्रश्न पछिल्लोपटक नेकपाभित्र देखिएको अन्तर्संघर्षले उब्जाएको गम्भीर प्रश्न हो । कम्युनिस्ट पार्टीको मूल्य, मान्यता र जनताको मुक्तिको खातिर भन्दै कति बलिवेदीमा चढे । तर, अहिले पार्टी निर्माणका बखतमा जनतालाई बाँधिएका सपना केवल फगत थिए त ? भन्ने प्रश्न उठ्नुपर्ने स्थितिको सिर्जना हुनु नै दुःखद पक्ष हो । अहिले जनताले करिब दुई तिहाइ मत दिएर निर्माण भएको सरकार ढलाउन आफ्नै पार्टीका शीर्ष नेताहरू लाग्नु र सत्ताका लागि झिटीझाम्टा गर्नु निकै विडम्बना पूर्ण कुरा हो । सत्तारूढ दलको यो विवादले कार्यकर्तामा गहिरो झड्का लाग्न पुगेको छ भने पार्टी नै सबथोक हो भनेर लागेकामा सपना ‘फ्रिज’ हुन पुगेका छन् । देश, विकास र समृद्धिको आकांक्षा बोकेर नेकपालाई मत दिएका जनता निराश बन्न पुगेका छन् ।

सत्तारूढ दल नेकपालाई कतिपय विश्लेषक अहिले ‘चिनी कम, रङ कडा’सँग तुलना पनि गर्दछन् । अर्थात्, केही समयअघि अमेजन प्राइममार्फत सार्वजनिक भएको फिल्म हो– ‘चिनी कम, रङ कडा ।’ नेपाली युवाहरूको सपना र आकांक्षाको कथामा आधारित यो फिल्म समाजभित्रका युवाहरूले भोग्नुपरेका दुःखलाई चिनी कम र युवापुस्ताले देख्ने गरेका गरेका सपनालाई रङ कडासँग जोडिएको छ । होे, त्यस्तै अहिले सत्तारूढ दलभित्रको खराब आचरण, भुत्ते हँुदै गएको वैचारिक र सैद्धान्तिक पक्ष, बढ्दो व्यक्तिवादी सोच, स्वार्थी प्रवृतिसँगै कतिपय विशृंखलित अवस्थाका कारण कार्यकर्तामा पर्ने चिन्ता, असन्तुष्टि र आक्रोशलाई चिनीकम सँग र यो सरकारमार्फत पार्टीले गरेको समृद्धितर्फको यात्रा, राष्ट्रियतासम्बन्धी अडान र देश विकाससँगै प्रधानमन्त्री ओलीले उजागर गर्नुभएको मुच्र्छित सपनालाई रङ कडासँग दाँज्न सकिन्छ । अहिले चिया पारखीको मुखमै झुन्डिन्छ, चिनी कम, रङ कडा ।

त्यसो त सुगर रोगका कारण पनि चिनी कम खाने अवस्था छँदै छ । त्यस्तै, अहिले दुई तिहाइ जनमत प्राप्त यो सरकारले जेजस्ता अप्ठ्यारा झेल्नुपरेको छ, त्यसलाई चिनी कम र त्यसका बाबजुत जे जसरी चुनौतीसँग जुध्दै अघि बढिरहेको छ, त्यसलाई रङ कडासँग दाँज्न सकिन्छ । त्यस्तै, समाज पनि बदलिएको छ, पहिले पहिले चिनी धेरै खाने चलनमा बदलाव आएको छ । त्यसैले, अहिले नेकपाभित्रको अहिलेको विवाद पनि चिनी कम, रङ कडाजस्तै हो । विवाद सिर्जना गर्नेहरूका चिनी कम छ भने पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीमा रङ कडा छ भने अत्युक्ति नहोला ।

प्रतिक्रिया दिनुहोस
गृहमन्त्री लामिछानेलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता

  सहकारीको रकम हिनामिना र अपचलनमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट

हाम्रो मागमा छलफल गरेर जाऔँ : कांग्रेस

    नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सहकारीको रकम अपचलनबारे छानबिन गर्न

प्रधानमन्त्रीले गरेको छलफल निष्कर्षविहीन

    सदनको गतिरोध अन्त्यको प्रयासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता पक्ष र

क्रिकेटर सन्दीप लामिछानेको भिसा अन्योलमा

    क्रिकेटर सन्दीप लामिछानेको आज पनि भिसाको काम अघि नबढ्ने भएको छ