वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड



हाम्रो इकोनोमि

 

 

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब रुपैयाँ भन्दा बढी नाफा कमाएका छन् । चालू आवको साउन र भदौ महिनामा बैंकहरुको नाफा ७.३२ प्रतिशतले बढेको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दुइ महिनासम्मको वित्तीय विवरण अनुसार यस अवधिमा वाणिज्य बैंकहरुले १७ अर्ब ८१ करोड रुपैयाँ नाफा कमाएका छन् । जबकि गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरुले १६ अर्ब ५९ करोड रुपैयाँ नाफा कमाएका थिए ।

यस अवधिमा १३ वटा बैंकको नाफा बढ्दा ७ बैंकको नाफा घटेको छ । प्रतिशतका आधारमा हिमालयन बैंकको नाफा सबैभन्दा बढी (५५.१३) प्रतिशतले बढेको छ । सबैभन्दा बढी नबिल बैंकले नाफा कमाएको छ । यस बैंकले १ अर्ब ८० करोड रुपैयाँ खुद नाफा कमाएको छ । दोस्रोमा रहेकाे ग्लोबल आइएमई बैंकले भदौसम्म १ अर्ब ६९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । सर्वाधिक नाफा कमाउनेको तेस्रो नम्बरमा रहेको प्राइम कमर्सियल बैंकले १ अर्ब १४ करोड नाफा कमाउँदा राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ११ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् ।

कुन बैंकले कति कमाए नाफा ? 

प्रतिक्रिया दिनुहोस
नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...