आज थपिए कोरोनाका ४ सय ८४ संक्रमित



हाम्रो इकोनोमि

 

 

पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा ४ सय ८४ जना कोरोनाका संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत सो संख्याका संक्रमित थपिएको जानकारी दिए।

बुधबार थपिएकासहित मुलुकभर हालसम्म कुल संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको छ।

त्यस्तै विगत २४ घण्टामा ६४ जना कोरोनाबाट निको भइ घर फर्किएका छन्। हालसम्म कोरोनाबाट १६ हजार ७ सय २८ जना निको भइ घर फर्किका छन्। हालसम्म ६८ प्रतिशत कोरोनाबाट निको भएका छन्।

मुलुकभर ७ हजार ६ सय १३ जना सक्रिय संक्रमित छन्। विगत २४ घण्टामा १० हजार ४ सय ८१ जनाको पिसिआर परीक्षण भएको छ।

हालसम्म ४ लाख ७२ हजार बढीको पिसिआर परीक्षण भएको छ।

हालसम्म ९१ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...