उपराष्ट्रपतिले बिहानै ओली निवास पुगेर केपीलाई भेटे,राष्ट्रपति-उपराष्ट्रपतिमा दोहोरिने उद्देश्यले घरदैलो गर्दै भण्डारी र पुन
संसदले पूर्णता पाएसँगै राष्ट्रप्रमुख–उपप्रमुखको पनि निर्वाचन हुने भएपछि राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले विभिन्न बहानामा राजनीतिक भेटघाट तीब्र बनाएका छन्। यसैक्रममा उपराष्ट्रपति पुनले शुक्रबार विहान एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवास पुगेर स्वास्थ्य लाभको कामना गरेका छन्।